नेभिगेशन
सबै कुरा

हमासले दुई साता बन्धक बनाएकी ८५ वर्षीया महिलाको बयानः सुरुङमा राखे, काँक्रा खान दिए

प्यालेस्टिनी लडाकु समूह हमासबाट मुक्त गरिएका दुई बन्धकमध्ये एक ८५ वर्षीया योचेभ लिफ्सिट्जले दुई साताको आफ्नो अनुभव सुनाएकी छन् ।

उनले पत्रकार सम्मेलनमा बताएअनुसार हमास लडाकुहरूले उनलाई किबुट्जबाट मोटरसाइकलमा अपहरण गरेका थिए। अनि एउटा ढोका हुँदै गाजा पुर्‍याएका थिए। त्यस क्रममा उनलाई धेरै ठाउँमा चोट पनि लाग्यो। साथै सास फेर्नसमेत समस्या भएको थियो । 

City Express

उनले आफूलाई हमासले कसरी लाठीले कुटे भन्ने कुरा पनि सुनाइन् । 

लिफ्सिट्जले इजरायली सरकारले सीमामा तारबार लगाउन अर्बौ रुपैयाँ खर्च गरे पनि हमासलाई इजरायल प्रवेश गर्नबाट रोक्न नसकेको बताइन् ।

पत्रकार सम्मेलनमा लिफ्सिट्जकी छोरी शेरोनले आफ्नी आमालाई पानी भएको खेतैखेत धेरै किलोमिटरसम्म हिँड्न बाध्य पारिएको बताइन् ।

शेरोनले हमासले भूमिगत सुरुङको ठूलो नेटवर्क तयार पारेको बताइन्,  जसलाई उनले माकुराको जालोसँग तुलना गरिन् । 

लिफ्सिट्जकी छोरीका अनुसार हमास लडाकुहरूले उनकी आमाका गहना र घडी लगे। जब उनी मोटरसाइकलबाट ओर्लिन्, त्यहाँ उपस्थित मानिसहरूले आफूहरू कुरानमा विश्वास गर्ने भएकाले उनलाई कुनै हानि नपुर्‍याउने बताए। 

लिफ्सिट्ज र अन्य २४ बन्धकलाई सुरुङमा लगियो । 

लिफ्सिट्जका अनुसार बन्धकहरूलाई सफा ठाउँमा राखेर सुत्न गद्दा दिइयो। हरेक दुई–तीन दिनमा डाक्टर आफूलाई निगरानी गर्न आउने गरेको उनले बताइन् ।  गाजा लैजाँदै गर्दा घाइते भएका एक बन्धकको उपचार गरिएको उनले सुनाइन् । 

उनले प्रत्येक पाँच बन्धकको निगरानीका लागि एकजना गार्ड राख्ने गरिएको बताइन् ।

लिफ्सिट्जले सुरुङमा बस्ने क्रममा आफू र आफ्नो समूहलाई खानाका रूपमा सेतो चिज र काँक्रा दिइएको बताइन्। उनका अनुसार हमास लडाकुहरूले पनि त्यही खाना खाइरहेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...