नेभिगेशन
मुख्य समाचार

कोटेश्वरमा प्रहरीको गोली लागेर एक किशोरी घाइते

काठमाडौँ । कोटेश्वरको भाटभटेनी नजिकै एक किशोरीलाई गोली लागेको छ । एक प्रत्यक्षदर्शीका अनुसार घर फर्किदै गरेकी अन्दाजी १५/१६ वर्षकी किशोरीलाई गोली लागेको हो । उनको खुट्टामुनी गोली लागेको छ । उनीसँगै अन्दाजी २०/२१ वर्षका पुरुष पनि थिए । ति पुरुषलाई भने गोलीको छर्रा लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ति प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अहिले कोटेश्वरको एक मेडिकलमा राखिएको छ । उनीहरु एमबुलेन्स कुरेर बसिरहेका छन् । 

Ncell
Extreme Energy

अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश  जारी गरेको छ ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयका अनुसार बानेश्वर–तीनकुने क्षेत्र, गौशाला–विमानस्थल–गैरीधारा–तीनकुनेहुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, कोटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शङ्खमुल पुलसम्म र सम्म चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म कुनैपनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...