नेभिगेशन
समाज

आजको मौसम : यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकोे छ । हाल कोशी प्रदेश, गण्डकी  प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनाका साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Ncell
Extreme Energy

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी र गण्डकीको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...