नेभिगेशन
समाज

चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो

गलकोट  । बागलुङ नगरपालिका–७ निवासी चार वर्षीया बालिकाको उपचारका लागि रु ६८ लाख ८६ हजार सङ्कलन भएको छ । स्थानीय चार वर्षीया बालिका शुभेच्छा खत्रीको उपचारका लागि रकम सङ्कलन भएको परिवारले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘मिर्गी’ नामक रोग लागेपछि ती बालिकाको हाल भारतको गङ्गाराम अस्पतालमा उपचार भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएको भन्दै गत फागुन २० गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएपछि सहयोग अभियान सुरु भएको थियो । यही चैत १९ गते अभियान बन्द गरिएको छ । 

Ncell
Extreme Energy

 ५० लाख सङ्कलन गर्ने उद्देश्य राखिएकामा यस अवधिमा  ६८ लाख ८६ हजार सङ्कलन भएकाले अभियानलाई बन्द गरिएको बालिकाका बुबा सागर खत्रीले जानकारी दिए । बालिकाको उपचारमा परिवारले  ५० लाख खर्च गरिसकेपछि आर्थिक अभाव भएकाले सहयोग अभियान थालिएको थियो । अभियानको एक महिनामै देश विदेशमा रहेका आमनेपालीबाट लक्ष्यभन्दा बढी रकम सङ्कलन भएको खत्रीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...