नेभिगेशन
समाज

खयरका रुख फाँडेर खेतीयोग्य जमिन बनाउने कार्य तीव्र, वन कार्यालय गोष्ठी र सेमिनारमा ब्यस्त भएको आरोप

रौतहट ।  बहुमूल्य प्रजाती खयर जातका रुखहरु धमाधम मासिंदै गएका छन् । खेतीयोग्य जमिन बनाउन अवैध रूपमा खयरको रुख कटान गर्ने क्रम रौतहटमा बढ्दै गएको भएपनि डिभिजन वन कार्यालय मौन बसेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वृन्दावन सब डिभिजन वन कार्यालयको वन क्षेत्रमा खयरका रुख मासेर खेतीयोग्य जमिन बनाउने क्रम तीव्र रुपमा बढिरहेको स्थानीयले बताउदै आइरहेपनी जिम्मेवार निकाय मुकदर्शक बनेर बसेको आरोप छ । 

Ncell
Extreme Energy

डिभिजन वन कार्यालयको उदासिनताका कारण बागमती नदी द्वारा वन अधिग्रहित भू–भागमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुली लगायत विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले हजारौँ हेक्टर बगर क्षेत्र अतिक्रमण गरेका छन् । 

स्थानीय श्याम पटेलका अनुसार दिनभर १० भन्दा बढी ट्रयाक्टरहरु बगरमा सञ्चालन हुने गरेका छ्न् ।  उनले वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै कारबाही नभएको गुनासो गरे ।  ‘वन कर्मचारीकै मिलेमतोमा खयरको रुख मास्ने कार्य भइरहेको छ, बारम्बार कार्यालयलाई जानकारी गराउँदा समेत केही सुनुवाइ भएको छैन, पटेलले भने ।’ खेतीयोग्य जमिन बनाउन कटान गरिएको खयरको रुख समेत बगरबाटै गायब हुने गरेको छ । 

‘खेत बनाउने नाममा काटिएको हजारौं खयरको रुख गायब हुँदासमेत वनले खयरको एउटा सिन्का समेत बरामद गर्न सकेको छैन, डिभिजन वन अधिकृत गोष्ठी र सेमिनार गर्नमै ब्यस्त छ्न्,अर्का स्थानीय सुरेस पटेल भन्छ्न् ।’

Khayara-fadani-1-1743835071.jpg
 

पटेलका अनुसार बगर फँडानी गर्नेहरुले सुरुमा तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि खयरका रुखहरु फाँडेर खेतीयोग्य जमिन बनाउने गरेका छन् । प्रत्येक वर्ष १०० बिघाभन्दा बढी क्षेत्रफललाई खेतीयोग्य जमिन बनाइँदै आएको भएपनी डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तप्रसाद साह वन कर्मचारीको संलग्नता नरहेको बताउँछन् ।  वन कार्यालय एक्लैले बगर संरक्षण गर्न नसक्ने भन्दै स्थानीय तहको सहयोग आवश्यक रहेको प्रमुख साह बताउँछन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...