नेभिगेशन
समाज

खयरका रुख फाँडेर खेतीयोग्य जमिन बनाउने कार्य तीव्र, वन कार्यालय गोष्ठी र सेमिनारमा ब्यस्त भएको आरोप

रौतहट ।  बहुमूल्य प्रजाती खयर जातका रुखहरु धमाधम मासिंदै गएका छन् । खेतीयोग्य जमिन बनाउन अवैध रूपमा खयरको रुख कटान गर्ने क्रम रौतहटमा बढ्दै गएको भएपनि डिभिजन वन कार्यालय मौन बसेको छ । 

वृन्दावन सब डिभिजन वन कार्यालयको वन क्षेत्रमा खयरका रुख मासेर खेतीयोग्य जमिन बनाउने क्रम तीव्र रुपमा बढिरहेको स्थानीयले बताउदै आइरहेपनी जिम्मेवार निकाय मुकदर्शक बनेर बसेको आरोप छ । 

डिभिजन वन कार्यालयको उदासिनताका कारण बागमती नदी द्वारा वन अधिग्रहित भू–भागमा रौतहटको मात्र नभई काभ्रे, मकवानपुर, सिन्धुली लगायत विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुले हजारौँ हेक्टर बगर क्षेत्र अतिक्रमण गरेका छन् । 

स्थानीय श्याम पटेलका अनुसार दिनभर १० भन्दा बढी ट्रयाक्टरहरु बगरमा सञ्चालन हुने गरेका छ्न् ।  उनले वन कार्यालयलाई पटक–पटक जानकारी गराउँदा पनि कुनै कारबाही नभएको गुनासो गरे ।  ‘वन कर्मचारीकै मिलेमतोमा खयरको रुख मास्ने कार्य भइरहेको छ, बारम्बार कार्यालयलाई जानकारी गराउँदा समेत केही सुनुवाइ भएको छैन, पटेलले भने ।’ खेतीयोग्य जमिन बनाउन कटान गरिएको खयरको रुख समेत बगरबाटै गायब हुने गरेको छ । 

‘खेत बनाउने नाममा काटिएको हजारौं खयरको रुख गायब हुँदासमेत वनले खयरको एउटा सिन्का समेत बरामद गर्न सकेको छैन, डिभिजन वन अधिकृत गोष्ठी र सेमिनार गर्नमै ब्यस्त छ्न्,अर्का स्थानीय सुरेस पटेल भन्छ्न् ।’

Khayara-fadani-1-1743835071.jpg
 

पटेलका अनुसार बगर फँडानी गर्नेहरुले सुरुमा तल झरेको झारपातमा आगो लगाउने र त्यसपछि खयरका रुखहरु फाँडेर खेतीयोग्य जमिन बनाउने गरेका छन् । प्रत्येक वर्ष १०० बिघाभन्दा बढी क्षेत्रफललाई खेतीयोग्य जमिन बनाइँदै आएको भएपनी डिभिजन वन कार्यालय, रौतहटका प्रमुख हेमन्तप्रसाद साह वन कर्मचारीको संलग्नता नरहेको बताउँछन् ।  वन कार्यालय एक्लैले बगर संरक्षण गर्न नसक्ने भन्दै स्थानीय तहको सहयोग आवश्यक रहेको प्रमुख साह बताउँछन् ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

एमालेलाई माइतीघरमा रोक लगाउन माग गर्दै जेनजी आन्दोलनका घाइतेहरूको धर्ना

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ ।
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...
आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

आज पनि अशान्त सिमरा, प्रशासनले लगायो कर्फ्यु

बुधबार एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेत लगायत मधेश जागरण सभाका लागी आउन लागेको बेला जेन जी यूवाहरुले विरोध जनाउन लाग्दा एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए ।...