नेभिगेशन
समाज

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

देउखुरी । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । 
 
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र प्रयोग गर्दै आएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“खेतबारीमा काम गर्ने खेताला पाइँदैन, यन्त्रको सहायताले खेती गर्न सजिलो भएको छ । तोरीखेती गर्न हाते ट्र्याक्टरले खेत जोतेको हुँ । थ्रेसरले दाइँ गरेर तोरी, गहुँ र मुसुरो भित्र्याएको बताए । यन्त्रको प्रयोगले खेती गर्न सजिलो भएको छ”, उनले भने ।

Ncell
Extreme Energy

घोराही–१७ कर्जाहीका आशाराम चौधरीले पनि थ्रेसरको प्रयोग गरेर जौ, गहुँ र तोरी दाउनुभयो । “खेताला लगाउँदा चार–पाँच दिन लाग्थ्यो अब थ्रेसरको सहायताले सजिलो भएको छ । थ्रेसरका माध्यमबाट कम समयमा धेरै काम हुने भएकाले किसानलाई राहत मिलेको छ”, उनले भने ।

घोराही उपमहानगरपालिकाले हाते ट्र्याक्टर, थ्रेसर, मल छर्ने मेसिन, सिँचाइका उपकरण अनुदानमा वितरण गर्दै आएको नगरप्रमुख नरुलाल चौधरले बताए । उनले, “मागका आधारमा थ्रेसरलगायत उपकरण पालिकाले आधा सुविधामा वितरण गर्दै आएको छ ।” 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...