नेभिगेशन
समाज

इलाममा सबैभन्दा बढी वर्षा

काठमाडौँ । बुधबारदेखि उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा परेको वर्षामध्ये सबैभन्दा बढी वर्षा इलामको बरफल्याङ्ग केन्द्रमा भएको छ । आज जल तथा मौसम विज्ञान विभागले दैनिक वर्षाको सारांशसहितको बुलेटिन जारी गर्दै इलामको बरफल्याङ्ग केन्द्रमा एक सय दशमलव दुई मिलीमिटर वर्षा भएको जानकारी गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका अनुसार बुधबार बिहान ०८ः४५ देखि आज बिहान ०८ः४५ बजेसम्म २२७ वटा वर्षा मापन केन्द्रहरुमा मापन गरिएको  थियो । २४ घण्टाको वर्षाको विवरणअनुसार २१२ वटा केन्द्रमा वर्षा भएको छ ।
 
“उक्त केन्द्रमध्ये सबैभन्दा बढी वर्षा बरफल्याङ्ग केन्द्रमा १००.२ मिमी भएको छ, वर्षा मापन गरिएका केन्द्रहरूमध्ये छ वटा केन्द्रहरू सर्लाही, पर्सा, उदयपुर, रौतहट, सप्तरी, धनुषामा ५० मिमीभन्दा बढी  वर्षा भएको छ”, विभागद्वारा जारी दैनिक मौसम बुलेटिनमा भनिएको छ ।
 
विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाका मोसमविद् हरिप्रसाद दाहालले हाल लुम्बिनी, गण्डकी, बागमती, कोशी प्रदेशका अधिकांश स्थान र कर्णली प्रदेशका केही स्थानमा वर्षा भइरहेको जानकारी दिए । “हाल पश्चिमी वायुको सामान्य प्रभाव छ । आगामी शनिबारसम्म नै मौसम बदलीको सम्भावना छ”, उनले भने । 
 
वर्षासँगै वायु प्रदूषण पनि कम भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’कोे तथ्याङ्कअनुसार बुधबार मध्याह्नमा उपत्यकाको वायु प्रदूषण १७७ एक्युआई रहेकामा आज भने प्रदूषण घटेर १५४ एक्युआइमा झरेको छ ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...