नेभिगेशन
समाज

विश्वप्रसिद्ध बिस्का जात्राः भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

भक्तपुर । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्‍याएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार अपराह्न करिब ४ः०० बजे तौमढीमा विधिवत सबै पूजा गरेर तान्न सुरू भएको भैरवको रथलाई तलतर्फ गहिटी, नासमना, वंशगोपाललगायत क्षेत्रमा पुर्‍याएर अड्किएपछि पुनः स्थानीयले रथलाई तानेर राति ११ः०० बजे फर्काएर वंशगोपल ल्याएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । 

Ncell
Extreme Energy

बिहीबार दिउँसो १ः०० बजेसम्म गुठी संस्थानको प्रमुख र सिकर्मी नाइकेले सरकारी पूजा गरेर त्यसपछि अन्य समुदायको पूजा सकेर भैरवको रथ तान्न सुरू गरिएको थियो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल विराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरूप ल्याइएको खड्ग, तरबार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरू भएको थियो । 

रथलाई गए राति ११ बजेसम्म तल्लो र माथिल्लो क्षेत्रका सरोकारवाला निकायले तानिरहेको थिए । जात्रा शान्तिपूर्ण रूपमा चलेको प्रहरी परिसर प्रमुख बुढाथोकीले जानकारी दिए । जात्रा चैत ३१ गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ः०० बजे लिङ्गो उठाउने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ः०० बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ः०० बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्नेगरी तयारी गरिएको उनले बताए ।
 
उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनासहितको सुरक्षा टोली आवश्यकताअनुसार खटिने गरी सुरक्षा व्यवस्था तयारी अवस्थामा राखेको बताए। जात्रा भड्काउन खोज्ने, ढुङ्गा हान्ने र हुलदङ्गा गर्न खोज्नेलाई पक्राउ गरी कडा कारबाही गरिने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै