नेभिगेशन
समाज

रौतहटमा अत्याधिक ट्राफिक नियम उल्लंघन, ९ महिनामै करोडबढी राजश्व संकलन 

रौतहट। ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा कडाइ गर्दै चेकजाँच तीव्र बनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ९  महिनाको अवधिमा १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चलाएको सवारी चेकजाँच, प्रशिक्षण तथा कारबाही अभियान अन्तर्गत गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा ११ हजार १ सय २५ जना सवारी चालकहरूलाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्र अधिकारी अधिकारीका अनुसार नियम उल्लंघन गर्नेमा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र (लाइसेन्स) नबोक्ने, रुट परमिट नलिने, गाडीको बत्ती बिग्रिएको लगायतका कारणहरु प्रमुख छन् ।

CG

यस अवधिमा बस, ट्रक, जीप, कार, भ्यान, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई कारबाही गरिएको छ । राजस्व संकलन मात्र नभई ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि जोड दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, बजार, सार्वजनिक स्थलहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्राफिक नियमको पालना गर्नुपर्ने सन्देश दिँदै ट्राफिक प्रहरी टोलीले नियमित रुपमा पर्चा वितरण, स्पिकरमार्फत सन्देश प्रवाह, सडक सुरक्षाबारे सेमिनार तथा छलफल कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

निर्वाचन प्रहरीमा आवेदन कम परेपछि म्याद थप

निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलबाट सेवानिवृत्त पूर्वसुरक्षाकर्मी, पूर्ववनरक्षक, यसअघि सम्पन्न भएका विभिन्न निर्वाचनमा म्यादी प्रहरीका रुपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी मित्र...
माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो

माघे संक्रान्तिको मुखमा सर्लाहीका किसानलाई सखर बनाउने चटारो

चिनी मिललाई उखु बेच्दा भुक्तानी पाउन ७ देखि ८ महिना कुर्नुपर्ने बाध्यता छ। उता, स्थानीय सखर उद्योगले भने १५ देखि २० दिनभित्रै नगद भुक्तानी दिने गरेका छन्। "मिललाई...
ब्रिटिश कलेज विवाद लुकाउन कलेज र आन्दोलनकारी जेनजी विद्यार्थीबीच पैसाको बार्गेनिङ (अडियो)

ब्रिटिश कलेज विवाद लुकाउन कलेज र आन्दोलनकारी जेनजी विद्यार्थीबीच पैसाको बार्गेनिङ (अडियो)

यस्तै, ति पूर्वविद्यार्थी ढकालले पनि पैसा दिए । अझ छिट्टै दिए सबै कुरा मिल्ने नत्र कलेजमा ताला लगाउने अवस्था आउने धम्की दिएको सुनिन्छ। उक्त अडियोमा कलेजमा चलिरहेको विवाद...
ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

“दुर्घटनामा परी दुवै जना घाइते हुनुभएको थियो, घाइते दुवै जनालाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको भए पनि डाक्टरले दुवै जनालाई मृत घोषणा गरेका छन् । जोगबुढा–दैजी सडकखण्डअन्तर्गत जोगबुढाबाट...