नेभिगेशन
समाज

रौतहटमा अत्याधिक ट्राफिक नियम उल्लंघन, ९ महिनामै करोडबढी राजश्व संकलन 

रौतहट। ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा कडाइ गर्दै चेकजाँच तीव्र बनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ९  महिनाको अवधिमा १ करोड ३ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय चलाएको सवारी चेकजाँच, प्रशिक्षण तथा कारबाही अभियान अन्तर्गत गत श्रावण १ गतेदेखि चैत २६ गतेसम्मको अवधिमा ११ हजार १ सय २५ जना सवारी चालकहरूलाई ट्राफिक नियम उल्लंघन गरेको अभियोगमा कारबाही गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) लोकेन्द्र अधिकारी अधिकारीका अनुसार नियम उल्लंघन गर्नेमा मदिरा सेवन गरेर सवारी चलाउने, ओभरलोड गर्ने, हेल्मेट वा सिट बेल्ट नलगाउने, गाडीको कागजात नहुने, चालक अनुमतिपत्र (लाइसेन्स) नबोक्ने, रुट परमिट नलिने, गाडीको बत्ती बिग्रिएको लगायतका कारणहरु प्रमुख छन् ।

Ncell
Extreme Energy

यस अवधिमा बस, ट्रक, जीप, कार, भ्यान, मोटरसाइकल लगायत सबै प्रकारका सवारी साधनलाई कारबाही गरिएको छ । राजस्व संकलन मात्र नभई ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण र जनचेतना अभिवृद्धिमा पनि जोड दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म रौतहटमा ५३९ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३६ जनाको मृत्यु भएको छ भने ८९० जना घाइते भएका छन् ।

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विद्यालय, बजार, सार्वजनिक स्थलहरूमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । ट्राफिक नियमको पालना गर्नुपर्ने सन्देश दिँदै ट्राफिक प्रहरी टोलीले नियमित रुपमा पर्चा वितरण, स्पिकरमार्फत सन्देश प्रवाह, सडक सुरक्षाबारे सेमिनार तथा छलफल कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...