नेभिगेशन
समाज

माग सम्बोधनमा सरकार उदासिन बनेपछि कडा आन्दोलन गर्ने सहकारी तथा लघुवित्त पीडितको चेतावनी 

काठमाडौँ । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरुको मागलाई सम्बोधन गर्नुको सट्टा दमन गरेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

Ncell
Extreme Energy

‘सहकारी, लघुवित्त तथा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासंघ’द्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मनिराम ज्ञवालीले ४० महिनादेखिको शान्तिपूर्ण आन्दोलनलाई सरकार र राजनीतिक दलहरुले कमजोरीको रुपमा नलिन चेतावनी दिए । उनले आफ्नो अधिकारका लागि लड्ने जनताले कहिलै पनि हारेको इतिहास नभएको बताउँदै न्यायीक लडाईमा पनि शासकहरु घुँडा टेक्न बाध्य जिकिर गरे । 

त्यस्तै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्ष कुशलव केसीले लघुवित्त, सहकारी र मिटरब्याजीहरुसँग पटकपटक भएका सम्झौताहरुलाई कागजमै सिमित राखेर पीडितलाई सडकमै कुट्नु, गिरफ्तार गर्नु र अनावश्यक दुःख दिनु गैर न्यायीक कार्य भएको बताए । केसीले अब आउने दिनमा पनि राज्यले उल्टो बाटो समातेर अगाडि बढे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । 

उनले बैशाख ४ गते सम्पूर्ण पीडितहरु सडकमा उत्रने र ठूलो प्रदर्शन गर्ने जानकारी दिए । लघुवित्त, सहकारी र मिटरब्याज पीडितको बर्षौँदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...