नेभिगेशन
समाज

न्याय खोज्दा खोज्दै मृत भेटिइन् यौन दुर्व्यवहार पीडित आनन्दीदेवी

वीरगंज । सिरहाको नवराजपुर गाउँपालिका–३, जगतपुर दोनवारी टोलकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । सामाजिक र पारिवारिक दबाब, न्याय नपाएको पीडा, र प्रहरीको उदासीनताबीच उनी मृत भेटिएकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार घटनाको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाइएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारले प्रारम्भिक अनुसन्धानमा उनी छानोमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएको जनाएको छ ।

Ncell
Extreme Energy

मृतक आनन्दी चार महिनाअघि गाउँकै दुई युवक सञ्जीवकुमार यादव र श्यामसुन्दर यादवबाट यौन दुर्व्यवहारको शिकार भएकी थिइन् । घटना भएको दिन बिहान उनी दिदीलाई भेट्न निस्किएर गाउँकै पोखरी हुँदै गइरहेका बेला उनीहरूद्वारा जबर्जस्ती करणी प्रयास भएको थियो । प्रतिकार गरी उम्किएपछि आमा बिल्टौन देवीसँगै प्रहरीमा जाहेरी दिन गएकी थिइन् ।

तर, जाहेरी दर्ता नभएको, प्रहरीले जाहेरी च्यातिदिएको र मिडियामा जाने दबाबपछि मात्रै जाहेरी दर्ता भएको मृतककी आमाको भनाइ छ । प्रहरीका अनुसार फागुन २५ मा मात्रै मुद्दा दर्ता भएको हो, त्यो पनि बलात्कार प्रयास (जबर्जस्ती करणी उद्योग) अन्तर्गत ।

पीडित पक्षका अनुसार गाउँका केही व्यक्तिहरू विशेष गरी नरेन्द्र यादव नामक व्यक्तिले पैसा लिएर मिल्न धम्की दिएका थिए । ‘नमिल्दा उल्टै मुद्दा हाल्छु भन्ने सुनिन्थ्यो’, आमाले दुखेसो पोखिन् ।

नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय प्रवक्ता सुनिल सदाले प्रहरीको भूमिका निकै शंकास्पद देखिएको भन्दै छानबिनको माग गरेका छन् । उनका अनुसार राजनीतिक दबाबका कारण पीडितलाई न्यायबाट वञ्चित गरिएको हो ।

प्रहरीले आरोपितलाई समात्न नसकेको भन्दै बहाना बनाए पनि, स्थानीयका अनुसार ती युवाहरू गाउँमै खुलेआम घुम्ने गरेका छन् । ‘हामीले न्याय माग्दा पनि प्रहरी हाम्रो पक्षमा छैन भन्ने महसुस भयो । हामीलाई उल्टै हेपाहा व्यवहार गर्‍यो ।’ मृतककी आमाले भनिन् । 

दुई वर्षीया छोरीकी आमा आनन्दी पछिल्लो समय माइतीमै बस्दै आएकी थिइन् । श्रीमान् वैदेशिक रोजगारीमा रहेका बेला उनीमाथि बलात्कार प्रयास भएपछि सामाजिक लज्जा, न्यायको अभाव र दमनका कारण गहिरो मानसिक तनावमा थिइन् । अन्ततः उनले आत्महत्या गर्नुपर्ने स्थितिको सामना गर्नुपर्‍यो ।

यस घटनाले समाजमा दलित समुदाय, विशेषतः मुसहर महिलामाथि हुने उत्पीडन र राज्य संयन्त्रको कमजोर पहुँचलाई पुनः उजागर गरेको छ । प्रहरी प्रशासनको लापरवाही र राजनीतिक प्रभावका कारण न्याय प्राप्तिका लागि पर्खनुपर्ने अवस्था अझै विधामान रहेको देखिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने तपाइ हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन् । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त...
शुक्लाफाँटामा हराएका १४ महिला रातभरि बसेका थिए रुखको ओतमा

शुक्लाफाँटामा हराएका १४ महिला रातभरि बसेका थिए रुखको ओतमा

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिलाहरु च्याउ खोज्न भन्दै निकुञ्ज क्षेत्र प्रवेश गरेका थिए । तर वर्षात, कुहिरोका कारण बाटो भुलेपछि...
उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

मन्त्रालयका अनुसार बाल हेल्पलाइन (१०४) र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा...
बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण ६ राजमार्ग अवरुद्ध

नेपाल प्रहरीका अनुसार खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।