नेभिगेशन
मुख्य समाचार

बालुवाटारमा कवाड मजदुरलाई लछारपछार गर्ने नगर प्रहरी कारबाहीमा तानीए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले साइकल डोर्उँदै हिँडेका एकजनालाई लछार पछार पारेको एउटा भिडियोले अहिले सामाजिक भाइरल छ । उक्त भिडियोमा नगर प्रहरीलेहरुले ति व्यक्तिको साइकल जवफत गर्न खोजेको देखिएको छ । त्यस्तै ति व्यक्तिले भने साइकल छोड्न मानेका छैनन् । 

काठमाडौँ महानगरका प्रमुख बालेन शाह र महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गाली खुवाईहरेको उक्त भिडियो काठमाडौँको बालुवाटारमा बुधबार बिहान करिब ८ बजेतिर खिचिएको हो ।  र ति साइकल डोर्याउँदै हिड्ने व्यक्ति कवाड व्यवसायी भएको खुलेको छ । 

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार बालुवाटार क्षेत्रबाट कवाड मजदुरहरुले बिहानको समयमा निकै हल्ला गर्ने गरेको गुनासो आएको थियो । त्यसपछि नगरप्रहरी इन्स्पेक्टर शम्भु विष्टको नेतृत्वमा उक्त क्षेत्रमा नगर प्रहरीहरु खटाइएको थियो । 

तर इन्स्पेक्टर विष्टले सही ह्यान्डल गर्न नसकेको नगर प्रहरी प्रमुख पाण्डे बताउँछन् । अहिले इन्स्पेक्टर विष्टलाई कारबाहीमा तानिएको छ । महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैरव्यवसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक करबाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले जानकारी दिए । 

त्यस्तै कवाड मजदुरलाई उनको साइकल फिर्ता दिइएको छ । 

WhatsApp-Image-2025-04-16-at-13.56.57-1744791533.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा त्यहाँ उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो । श्रीमानसँग मनमुटाव...
आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

आज कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने पूर्वानुमान

बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राहुघाट जलविद्युत् आयोजनाको पहिरोमा ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

राहुघाट जलविद्युत् आयोजनाको पहिरोमा ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो

रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र...
गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग

गृहमन्त्री लेखकसँग सौर्य जहाज दुर्घटनाको न्यायिक जाँचको माग

गृहमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउँदै यसअघिको आयोगको प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था रहेकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरिएको खतिवडाले बताउनुभयो । पीडितको न्याय र क्षतिपूर्तिका विषयमा आयोगको प्रतिवेदन...

भर्खरै