नेभिगेशन
समाज

बालुवाटारमा कवाड मजदुरलाई लछारपछार गर्ने नगर प्रहरी कारबाहीमा तानीए

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले साइकल डोर्उँदै हिँडेका एकजनालाई लछार पछार पारेको एउटा भिडियोले अहिले सामाजिक भाइरल छ । उक्त भिडियोमा नगर प्रहरीलेहरुले ति व्यक्तिको साइकल जवफत गर्न खोजेको देखिएको छ । त्यस्तै ति व्यक्तिले भने साइकल छोड्न मानेका छैनन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरका प्रमुख बालेन शाह र महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई गाली खुवाईहरेको उक्त भिडियो काठमाडौँको बालुवाटारमा बुधबार बिहान करिब ८ बजेतिर खिचिएको हो ।  र ति साइकल डोर्याउँदै हिड्ने व्यक्ति कवाड व्यवसायी भएको खुलेको छ । 

Ncell
Extreme Energy

काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार बालुवाटार क्षेत्रबाट कवाड मजदुरहरुले बिहानको समयमा निकै हल्ला गर्ने गरेको गुनासो आएको थियो । त्यसपछि नगरप्रहरी इन्स्पेक्टर शम्भु विष्टको नेतृत्वमा उक्त क्षेत्रमा नगर प्रहरीहरु खटाइएको थियो । 

तर इन्स्पेक्टर विष्टले सही ह्यान्डल गर्न नसकेको नगर प्रहरी प्रमुख पाण्डे बताउँछन् । अहिले इन्स्पेक्टर विष्टलाई कारबाहीमा तानिएको छ । महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैरव्यवसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक करबाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले जानकारी दिए । 

त्यस्तै कवाड मजदुरलाई उनको साइकल फिर्ता दिइएको छ । 

WhatsApp-Image-2025-04-16-at-13.56.57-1744791533.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै