नेभिगेशन
समाज

बिस्का जात्राको अन्तिम दिनः हात नभएको लिङ्गो ढालियो

काठमाडौँ । भक्तपुरको प्रसिद्घ बिस्काः जात्राको अन्तिम दिन शुक्रबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढालिएको छ । 

पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन बिहान उठाइएको लिङ्गो विधिपूर्वक पूजा गरी ढालिएको हो । ज्याठा गणेशको प्रतीक मानिने लिङ्गोकोे टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।

Dish home
City Express

लिङ्गोमा बाँधिएको चार वटा डोरी फुकाएर सबैतिर तानातान गरी लिङ्गो ढाल्ने गरिन्छ । लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्घि, सहकाल आउनाका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहको छ । यो जात्रा सम्पन्न भइसकेपछि साँझ गःहिटिमा राखिएको भैरव र भद्रकालीको रथ स्थानीय बासिन्दाले तान्ने परम्परा रहेको स्थानीयहरुको भनाइ छ ।

रथ तानेर पुनः तौमढीस्थित भैरव मन्दिरअगाडि ल्याएर राखिएपछि रथको देवतालाई विधिपूर्वक मन्दिरमा लगी विराजमान गराएपछि जात्रा सम्पन्न हुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
इभी माइक्रोले मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित हुँदा १६ जना घाइते

इभी माइक्रोले मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित हुँदा १६ जना घाइते

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई अनियन्त्रित भई सडकबाट करिब १५...
सुनको मूल्य निरन्तर अकासिँदो, आज प्रतितोला २ लाख ३५ हजार ४ सयमा कारोबार हुँदै

सुनको मूल्य निरन्तर अकासिँदो, आज प्रतितोला २ लाख ३५ हजार ४ सयमा कारोबार हुँदै

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु दुई लाख ३३ हजार १०० मा कारोबार भएको एक तोला सुनको मोल आज रु दुई हजार ३०० ले बढेर रु दुई...
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर...
गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।