नेभिगेशन
मुख्य समाचार

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ पुङमाङमा अन्दाजी ४८ वर्षीय रामकुमार थापा मगर रहेका छन्।

CG

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराएका थिए।

घटना बारे जानकारी  प्राप्त भएपछि प्रहरी चौकी साउनेबाट प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमै थापा मगरलाई मृत अवस्थामा फेला पारेको पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी परिचालन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ।

प्रहरीले भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राजधानीका यी स्थानमा २ घण्टा काटिदैछ बिजुली

राजधानीका यी स्थानमा २ घण्टा काटिदैछ बिजुली

प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका...
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।