नेभिगेशन
समाज

उदयपुरमा रुखबाट लडेर एक जनाको मृत्यु

उदयपुर । उदयपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर १४ पुङमाङमा अन्दाजी ४८ वर्षीय रामकुमार थापा मगर रहेका छन्।

Ncell
Extreme Energy

जिल्ला प्रहरी कार्यालयका अनुसार  मगर घर नजिकै रहेको चिउरीको रुखमा चढी घाँस काट्ने क्रममा अचानक लडेर घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले शव देखेपछि तत्कालै प्रहरीलाई जानकारी गराएका थिए।

घटना बारे जानकारी  प्राप्त भएपछि प्रहरी चौकी साउनेबाट प्रहरी टोली खटिएको थियो। टोलीले घटनास्थलमै थापा मगरलाई मृत अवस्थामा फेला पारेको पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी परिचालन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको जनाएको छ। शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको छ।

प्रहरीले भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको  छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

बाढीले डुबायो कीर्तिपुरको राधास्वामी होल्डिङ सेन्टर, विस्थापित सुकुम्बासी फेरि विस्थापित

गृह मन्त्रालयका अनुसार राति १:३८ बजे डुबानको सूचना प्राप्त भएपछि दंगा नियन्त्रण रेजिमेन्टबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा डिजास्टर म्यानेजमेन्ट (DM) सहित ३० जना र नेपाल प्रहरीका...
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...