नेभिगेशन
समाज

आमाको मुख हेर्ने दिनः मातातीर्थमा मेला (तस्विरहरु)

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
    
सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन् । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको उहाँले बताए । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताए । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा आज मेला लाग्ने गर्छ । यस वर्ष गुरु अस्त भएकाले र विश्वका केही देशमा सूर्यग्रहण देखिने भएकाले आमाको मुख हेर्न नहुने भनी गरिएको प्रचार सही नभएको समितिले जनाएको छ ।

Ncell
Extreme Energy

Matatirtha-2-1745727044.jpg

Matatirtha-1-1745727045.jpg

Matatirtha-7-1745727043.jpg

Matatirtha-6-1745727043.jpg

Matatirtha-5-1745727043.jpg

Matatirtha-4-1745727043.jpg

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै