नेभिगेशन
मुख्य समाचार

पर्सामा इट्टा भट्टाको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु

पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा इट्टा भट्टाको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–५ बहुअर्वास्थित हिरा इट्टा उद्योग नजिक माटो खनेर बनेको खाल्डोमा पानी जमेर डुब्दा दुई बालिकाले ज्यान गुमाएका हुन् । 

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । 

Dish home
City Express

प्रहरीका अनुसार आज दिउँसो दुवै बालिका बाख्रा चराउन निस्केका बेला इट्टा बनाउने क्रममा खनिएको खाल्डोमा पुगेका थिए । त्यही खाल्डोमा पानी जमेको अवस्थामा उनीहरू डुबेर बेहोस भएका थिए । 

घाइते अवस्थामा तत्कालै उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त खाल्डो बहुअर्वास्थित सन्तोष साहद्वारा सञ्चालित हिरा इट्टा उद्योगले माटो खनी निर्माण गरेको हो । तर माटो खनेपछि सुरक्षाका लागि कुनै व्यवस्थित व्यवस्था नगरी छाडिएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

भैरहवाबाट एक सय ५७ जनाको हवाई उद्धार

नेपाल वायुसेवा निगमको ए ३२० विमान ७६ जना यात्रुसहित दिउँसो ३ः४३ बजे भैरहवा अवतरण भएको थियो । भैरहवाबाट भने विमानले ५ः४० बजे एक सय ५७ जना यात्रु बोकेर...
गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको छ । उनीहरुको खोजी तथा उद्धारका लागि श्रीनाथ गणबाट टोली परिचालन गरिएको थियो ।
हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

हेलिकप्टरबाट चार गर्भवतीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत आज इलामको माईजोगमाई–५ सिरसिरे, इलामको सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२...
भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो

काठमाडौँबाट ८३ यात्रु लिएर गएको ‘आरए १७३१’ उडान नम्बरको विमानले भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १५१ यात्रु लिएर काठमाडौँ आउनेछ । यद्यपि यात्रु सङ्ख्या केही तलमाथि हुनसक्ने निगमले जनाएको...