नेभिगेशन
मुख्य समाचार

पर्सामा इट्टा भट्टाको खाल्डोमा डुबेर २ बालिकाको मृत्यु

पर्सा । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा इट्टा भट्टाको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–५ बहुअर्वास्थित हिरा इट्टा उद्योग नजिक माटो खनेर बनेको खाल्डोमा पानी जमेर डुब्दा दुई बालिकाले ज्यान गुमाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँकी ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँकी ५ वर्षीया छोरी अफसाना खातुन रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रहरीका अनुसार आज दिउँसो दुवै बालिका बाख्रा चराउन निस्केका बेला इट्टा बनाउने क्रममा खनिएको खाल्डोमा पुगेका थिए । त्यही खाल्डोमा पानी जमेको अवस्थामा उनीहरू डुबेर बेहोस भएका थिए । 

घाइते अवस्थामा तत्कालै उद्धार गरी उपचारका लागि नारायणी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उक्त खाल्डो बहुअर्वास्थित सन्तोष साहद्वारा सञ्चालित हिरा इट्टा उद्योगले माटो खनी निर्माण गरेको हो । तर माटो खनेपछि सुरक्षाका लागि कुनै व्यवस्थित व्यवस्था नगरी छाडिएको भन्दै स्थानीय बासिन्दाले आक्रोश व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै