नेभिगेशन
मुख्य समाचार

स्कोर्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

उदयपुर । उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मदन भण्डारी लोकमार्ग अन्तर्गत कटारी–गाईघाट सडक खण्ड अन्तर्गत कटारी नगरपालिका–६ सोमबारेमा  मे १ च ३०४० नम्बरको स्कर्पियो दुर्घटनामा दमक  नगरपालिका–३ का ५५ वर्षीय  माधव बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुने बस्नेत दमक नगरपालिकाको कानुनी सल्लाहकार रहेको प्रहरीले जनाएको छ।

CG

घाइते दमक नगरपालिका –९  का  ३८  वर्षीय चालक देवेन्द्र तामाङ , , दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम , दमक नपा ६ बस्ने ५४ को कमल श्रेष्ठ , दमक नपा २ बस्ने ३८  वर्षीय नवीन खतिवडा , गौरादह नगरपालिका १ बस्ने  ५४ वर्षीय भुवन दाहाल लाई कटारी प्रादेशिक अस्पतालमा उपचार पछि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको कटारी प्रादेशिक अस्पतालले जनाएको छ। साथै दमक १० बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारीको अवस्था गम्भीर रहेको जनाइएको छ । 

घाइते भण्डारी दमक १० का वडा अध्यक्ष समेत हुन्। दमक नगरपालिकाको जनप्रतिनिधी र कर्मचारीको टोली १२ गते देखि पोखरा,पाल्पा ,लुम्बिनी भम्रणमा गएको टोली नवलपरासी हुँदै फर्किदा कटारीमा  दुर्घटना भएको चालक देवेन्द्र तामाङले बताए।

भ्रमणमा गएको टोली आज दमक फर्किदै गर्दा दुर्घटना भएको हो। स्कर्पियो अनियन्त्रित भएर दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज विजय राईले जानकारी दिए ।

494356420_2014272762832482_4294140880252485926_n-1746105364.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाँचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार...

भर्खरै