नेभिगेशन
समाज

स्कोर्पियो दुर्घटना हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

उदयपुर । उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मदन भण्डारी लोकमार्ग अन्तर्गत कटारी–गाईघाट सडक खण्ड अन्तर्गत कटारी नगरपालिका–६ सोमबारेमा  मे १ च ३०४० नम्बरको स्कर्पियो दुर्घटनामा दमक  नगरपालिका–३ का ५५ वर्षीय  माधव बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुने बस्नेत दमक नगरपालिकाको कानुनी सल्लाहकार रहेको प्रहरीले जनाएको छ।

Ncell
Extreme Energy

घाइते दमक नगरपालिका –९  का  ३८  वर्षीय चालक देवेन्द्र तामाङ , , दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम , दमक नपा ६ बस्ने ५४ को कमल श्रेष्ठ , दमक नपा २ बस्ने ३८  वर्षीय नवीन खतिवडा , गौरादह नगरपालिका १ बस्ने  ५४ वर्षीय भुवन दाहाल लाई कटारी प्रादेशिक अस्पतालमा उपचार पछि न्यूरो अस्पताल बिराटनगर रिफर गरिएको कटारी प्रादेशिक अस्पतालले जनाएको छ। साथै दमक १० बस्ने ४९ वर्षीय राजेन्द्र प्रसाद भण्डारीको अवस्था गम्भीर रहेको जनाइएको छ । 

घाइते भण्डारी दमक १० का वडा अध्यक्ष समेत हुन्। दमक नगरपालिकाको जनप्रतिनिधी र कर्मचारीको टोली १२ गते देखि पोखरा,पाल्पा ,लुम्बिनी भम्रणमा गएको टोली नवलपरासी हुँदै फर्किदा कटारीमा  दुर्घटना भएको चालक देवेन्द्र तामाङले बताए।

भ्रमणमा गएको टोली आज दमक फर्किदै गर्दा दुर्घटना भएको हो। स्कर्पियो अनियन्त्रित भएर दुर्घटना भएको ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज विजय राईले जानकारी दिए ।

494356420_2014272762832482_4294140880252485926_n-1746105364.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

ति प्रेम आचार्य, यी गणेश नेपाली– घटना र व्यथा उस्तै, दोषी को ?

तत्कालिन मेयर बालेन शाह पनि आचार्यको मृत्युमा शोकाकुल हुँदै स्टाटस लेखेका थिए, ‘एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन्...
मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

मिटरब्याज पीडितले जनकपुरबाट सुरु गरे काठमाडौँसम्मको पैदल यात्रा

सरकारले मिटरब्याज अपराध र त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेको मिटरव्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालकोे गुनासो छ ।
धोबी खोलामा हामफालेकी महिला मृत फेला

धोबी खोलामा हामफालेकी महिला मृत फेला

खोलामा महिला हामफालेको सूचना पाउनेवित्तिकै खोजीका लागि प्रहरी टोली खटिएको थियो । मृत भेटिएकी महिलाको परिचय खुलेको छैन । उनको उमेर ३५ वर्ष आसपास हुनसक्ने अनुमान गरिएको छ...
धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

धोबिखोलामा हामफालिन् एक महिला, खोज्न प्रहरी परिचालन

अहिले खोजीका लागि प्रहरी टोली धाेबी खाेला र बागमतिमा खटिएको छ । उनको अवस्थाबारे भने पत्ता लगेको छैन ।