नेभिगेशन
मुख्य समाचार

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङ । मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् ।

यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत रहेका संरक्षण व्यवस्थान समिति (सिएमसी)ले यार्सा सङ्कलन अनुमति प्रदानका लागि एक्याप कार्यालयमा निवेदन पेस गरेका थिए । सोही पत्रका आधारमा एक्यापले संरक्षण नियमावलीमा अधीनमा रहेर तोकिएको सर्त पालना गर्नेगरी निवदेन पेस गरेका संरक्षण व्यवस्थापन समितिहरूलाई यार्सागुम्बा सङ्कलन अनुमति प्रदान गरेको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए । 

CG

हालसम्म मुस्ताङका तीनवटा संरक्षण व्यवस्थापन समितिले एक्याप कार्यालयबाट यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको र अरू समिति पनि क्रमशः अनुमतिका लागि आउने क्रममा रहेको बताए । मुस्ताङको थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाअन्तर्गतका उच्चलेक तथा पाटनमा बहुमूल्य जटीबुटी यार्सागुम्बा पाइने गर्छ । मुस्ताङको थासाङस्थित कोवाङ र टुकुचेको उच्चलेक तथा पाटनमा वैशाखको पहिलो सातादेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति कोवाङका अध्यक्ष जीवन थकालीले जानकारी दिए ।

थासाङको कोवाङलेमा यार्सा सङ्कलनका लागि स्थानीयलाई तीन हजार र जिल्लाबाहिरका नागरिकहरूलाई रू छ हजार शुल्क तोकिएको संरक्षण व्यवस्थापन समिति अध्यक्ष जीवन थकालीले बताए। अहिलेसम्म स्थानीय २२ जना र जिल्लाबाहिरका १०० गरी कुल १२२ जनाले यार्सा सङ्कलन अनुमतिपत्र लिइसकेको उनले जानकारी दिए । कोवाङ समितिअन्तर्गत मूली खर्क, मार्चेलेकलगायत आधा दर्जन पाटनमा यार्सा सङ्कलन गर्ने सुविधा रहेको अध्यक्ष थकालीको भनाइ छ ।

यसैगरी, थासाङको टुकुचेमा पनि धमाधम यार्सा सङ्कलन पुँजी वितरण भइरहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति टुकुचेका सचिव दीपसागर थकालीले उल्लेख गरे। टुकुचे समितिबाट ३ वैशाखदेखि यार्सा पुर्जी वितरण भइरहेकामा अहिलेसम्म ५५ जनाभन्दा बढी यार्सा सङ्कलन गर्न लेकतर्फ प्रस्थान गरिसकेको सचिव थकालीले जानकारी दिए । थासाङको कोवाङ समितिले स्थानीयलाई एक हजार र अन्य व्यक्तिलाई तीन हजार शुल्क उठाउने गरेको सचिव थकालीले बताए । थासाङको टुकुचे समितिबाट पुर्जी लिएकाले मार्चेलेक, बतासेलेक चिउदोखर्क र धम्पुसलेकमा यार्सा सङ्कलन गर्न पाउने सचिव थकालीको भनाइ छ ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा पनि सोमबारदेखि यार्सा सङ्कलन सुरू भएको संरक्षण व्यवस्थापन समिति जोमसोमका सचिव पवन गुरूङले जानकारी दिए। एक्यापको अनुमतिमा समितिमार्फत पहिलो दिन ४० जनालाई यार्सा सङ्कलन अनुमतिपत्र वितरण गरिएको सचिव गुरूङको भनाइ छ । जोमसोम संरक्षण व्यवस्थापन समितिले सङ्कलनलाई स्थानीय कुरिया दर्ता भएकोलाई चार हजार र कुरिया दर्ता नभएको र अन्यलाई रू ६ हजार यार्सा सङ्कलन शुल्क लिने गरेको सचिव गुरूङले उल्लेख गरे । यार्सा सङ्कलन पास वितरण एक हप्तासम्म रहने सचिव गुरूङले जनाए । 

मुस्ताङको थासाङ र घरपझोङ गाउँपालिकामा यार्सागुम्बा सङ्कलन सुरू हुँदा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यार्सा सङ्कलन कार्य सुरू भइनसकेको मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिका सचिव लाक्पाटसी गुरूङले जानकारी दिए । मुक्तिनाथ समितिले अझै यार्सा सङ्कलनका लागि एक्यापसँग पूर्वस्वीकृति समेत लिएको छैन । समितिका सचिव लाक्पाटसी गुरूङले यार्सा सङ्कलन पुर्जी वितरणका लागि चाँडै नै समितिको बैठक बसेर निर्णय लिइने जानकारी दिए । 

“हामी कहाँ अन्यत्रको भन्दा केही ढिलो सुरू हुन्छ, यसको कारण उच्चलेक र पाटनमा हिउँ जमेको छ,” सचिव गुरूङले भने, “सम्भवतः जेठको दोस्रो साता यार्सा सङ्कलन फुकुवा गर्ने कुरा छ, हामी त्यही अनुसारको सुविधा दिनेगरी अघि बढ्छौँ ।”

मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले आफ्नो मातहतमा पर्ने मुक्तिनाथलेक, रिसम्वालेक, नेरलेक र लुप्रालेकलगायतमा यार्सा सङ्कलन पुर्जी दिने गरेको सचिव गुरूङको भनाइ छ । गत वर्ष समितिले १ जेठदेखि यार्सा सङ्कलन अनुमति दिएको र यो वर्ष केही ढिला हुनसक्ने बताउनुभयो । मुक्तिनाथ संरक्षण व्यवस्थापन समितिले गत वर्ष स्थानीयलाई दुई हजार र अन्यलाई सात हजार शुल्क लिएको सचिव गुरूङले जानकारी दिए । 

यस्तै, मुस्ताङका अन्य लेकमा पनि आंशिक रूपमा यार्सा सङ्कलन हुने गरेको छ । एक्यापको अनुमतिमा सम्बन्धित समितिले सङ्कलन गरेको यार्सा सङ्कलन शुल्क समितिले सामाजिक कार्यका लागि खर्च गर्न पाउने अधिकार छ । मुस्ताङमा एक्यापले १५ असारसम्म उच्चलेक र पाटनमा यार्सा सङ्कलन गर्न पाउनेगरी सम्बन्धित संरक्षण व्यवस्थापन समितिलाई अनुमति प्रदान गरेको हो । 

यार्सा सङ्कलन अवधिभर सम्भावित सुरक्षा जोखिम र दुर्घटना न्यूनीकरण गर्न सुरक्षा निकायसँग समन्वय र सहकार्य गर्ने र सङ्कलकलाई सचेत बनाउने, वन्यजन्तु तथा अन्य वनपैदावारहरूको संरक्षणका लागि चोरी–सिकारी र अवैध गतिविधि हुन नदिने, वन डेढेलो हुनबाट रोक्ने र उच्चलेक र पाटनमा फोहोर प्रदूषण गर्न नपाइने गरी सङ्कलकलाई सचेत गराइएको छ । एक्याप, डिभिजन वन कार्यालय, संरक्षण व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिहरूले सम्बन्धित स्थानमा नियमित यार्सा सङ्कलन क्षेत्रमा पुगेर अनुगमन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाँचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार...

भर्खरै