नेभिगेशन
समाज

ब्रेक फेल भएर स्कुल बस दुर्घटना हुँदा २० जना घाइते

उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटनामा परेको छ। मदन भण्डारी लोकमार्ग स्थित गाईघाट ( नेपालटार सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मवासे दोभानमा दुघर्टना भएको हो। ना ३ ख  ६१९५  नम्बरको स्कुल बस दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालटारमा रहेको लिटिल फ्लावरस बोर्डिङ स्कुल बस विद्यार्थी लिएर नेपालटारबाट गैयातर्फ जाँदै गर्दा ब्रेक फेल भएर  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Ncell
Extreme Energy

घाइतेमध्य १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार पछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरान स्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्सा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सोमबार साँझ भएको दुघर्टना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।  बस चालक वीर बहादुर नेपालीलाई अस्थायी प्रहरी पोष्ट नेपालटारले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै