नेभिगेशन
मुख्य समाचार

ब्रेक फेल भएर स्कुल बस दुर्घटना हुँदा २० जना घाइते

उदयपुर । उदयपुरमा स्कुल बस दुर्घटनामा परेको छ। मदन भण्डारी लोकमार्ग स्थित गाईघाट ( नेपालटार सडक खण्ड अन्तर्गत उदयपुरगढी गाउँपालिका–६ मवासे दोभानमा दुघर्टना भएको हो। ना ३ ख  ६१९५  नम्बरको स्कुल बस दुर्घटना हुँदा शिक्षक र विद्यार्थी गरी २० जना घाइते भएका छन्।

नेपालटारमा रहेको लिटिल फ्लावरस बोर्डिङ स्कुल बस विद्यार्थी लिएर नेपालटारबाट गैयातर्फ जाँदै गर्दा ब्रेक फेल भएर  दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

CG

घाइतेमध्य १८ जनाको जिल्ला अस्पताल उदयपुरमा उपचार पछि डिस्चार्ज गरिएको छ भने शिक्षक बेद बहादुर राईलाई धरान स्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान र छात्रा प्रिन्सा परियारलाई नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

सोमबार साँझ भएको दुघर्टना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।  बस चालक वीर बहादुर नेपालीलाई अस्थायी प्रहरी पोष्ट नेपालटारले नियन्त्रण लिई अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

विराटनगरस्थित नोबेल टिचिङ अस्पतालमा इन्टर्न डाक्टरको मृत्यु

आइतबार विहान करिब सवा ६ बजे सप्तरी राजविराज वडा नं. ९ का ३४ वर्षीय अमित यादवको अस्पतालको पाँचौ तल्लाबाट खसेर टाउकोमा चोट लागेको तथा तत्कालै आकस्मिक कक्षमा उपचार...

भर्खरै