नेभिगेशन
समाज

‘मानवतालाई जीवित राखौँ’ नाराका साथ रेडक्रस दिवस मनाइँदै

काठमाडौँ । ‘मानवतालाई जीवित राखौँ’ नाराका साथ आज विश्वका विभिन्न देशमा विश्व रेडक्रस दिवस मनाइँदै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउने प्रचलन प्रारम्भ भएको हो ।  नोबेल शान्ति पुरस्कारबाट सम्मानित रेडक्रसको अन्तरराष्ट्रिय समितिका संस्थापक हेनरी ड्युनाको जन्म पनि आजै भएको हो । 

Ncell
Extreme Energy

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मजयन्तीका साथै प्राकृतिक प्रकोप, युद्ध, चिकित्सा सङ्कट एवं अन्य  विपत्तिहरूको सामना गर्दै समाजसेवामा करुणा, निःस्वार्थता र एकताबद्ध भएर अरूको सहयोगमा आफ्नो जीवन समर्पण गर्ने  विश्वव्यापी रेडक्रस र रेडक्रिसेन्ट संस्थाहरूको सिद्धान्त र कामका बारेमा चेतना फैलाउनेहरूलाई सम्मान गरेर यो दिवस मनाउने प्रचलन छ । 

बढ्दो असमानता, स्वास्थ्य समस्या र द्वन्द्वको वर्तमान विश्वमा मानवीय आदर्शलाई कायम कठिन छ । यस्तो अवस्थामा मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने विश्वास रेडक्रसका स्वयंसेवीहरुले व्यक्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै