नेभिगेशन
समाज

आगलागीले ३ घर जलेर नष्ट

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा भीषण आगलागी हुँदा तीन परिवारको घरगोठ जलेर नष्ट भएको छ । पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीय तुलसी राउत अहिरको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगो, तीव्र गतिमा फैलिँदा तुलसी राउतसहित महिन्द्र यादव र नन्दु रामको घर र भण्डारण गरिएको अन्न जलेको हो ।

Ncell
Extreme Energy

स्थानीयका अनुसार तुलसी राउत अहिरको फुसको घर, अगाडि थन्क्याइएको धानको भकारी र भैंसी बाँध्ने थलो पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीमा परी एक भैंसीको छाला जलेर घाइते भएको छ । उनको करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, महिन्द्र यादवको फुसको घर र एक थान धानको भकारी जलेर नष्ट भएको छ । उनको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको र नन्दु रामको एक थान धानको भकारी जलेर ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै