नेभिगेशन
मुख्य समाचार

आगलागीले ३ घर जलेर नष्ट

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीमा भीषण आगलागी हुँदा तीन परिवारको घरगोठ जलेर नष्ट भएको छ । पर्सा प्रहरीका अनुसार आगलागीबाट करिब ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

स्थानीय तुलसी राउत अहिरको घरबाट विद्युत सर्ट भएर सुरु भएको आगो, तीव्र गतिमा फैलिँदा तुलसी राउतसहित महिन्द्र यादव र नन्दु रामको घर र भण्डारण गरिएको अन्न जलेको हो ।

CG

स्थानीयका अनुसार तुलसी राउत अहिरको फुसको घर, अगाडि थन्क्याइएको धानको भकारी र भैंसी बाँध्ने थलो पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीमा परी एक भैंसीको छाला जलेर घाइते भएको छ । उनको करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यसैगरी, महिन्द्र यादवको फुसको घर र एक थान धानको भकारी जलेर नष्ट भएको छ । उनको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको र नन्दु रामको एक थान धानको भकारी जलेर ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीलाई स्थानीय बासिन्दा, प्रहरी र वीरगञ्जबाट खटिएको दमकल टोलीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...