नेभिगेशन
समाज

फरक विचार राख्नेलाई थुन्दै सरकारले निषेधको राजनीति गर्न खोजेको राजेन्द्र लिङ्देनको आरोप

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै लिङदेनले संविधानको समेत उल्लंघन गर्दै सरकारले निषेधको राजनीति गर्न खोजेको आरोप लगाएका हुन् । उनले फरक विचार भएकै कारणले रवीन्द्र मिश्रलगायत आस्थाका बन्दीहरुलाई अपमानपूर्ण ढंगले थुनामा राखिएको भन्दै आपत्ति जनाए ।

City Express

त्यस्तै लिङ्देनले राप्रपा सम्बद्ध युवा प्रजातान्त्रीक संघका केन्द्रीय अध्यक्षलाई साइबर ब्युरोले पक्राउ गरिएको र सरकार निषेधमा उत्रिएको उल्लेख गरे । फरक बिचार राखेकै आधारमा निषेध गर्दै लैजाने औपचारिक नीति सरकारको हो भने आफुहरु विद्रोहमा जाने उनले बताए । 

उनले सरकारको कदम मानवअधिकार र संविधान विरुद्धका साथै प्रजातान्त्रीक हक अधिकारको विरुद्ध रहेको जिकिर गर्दै घोर भत्र्सना गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...