नेभिगेशन
समाज

हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

हिमाल जोगाउन विश्व समुदायलाई अपिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि काठमाडौँमा सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेका ‘हिमाल’ बचाउनका लागि विश्वसमुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले जलभण्डारणका रुपमा रहेको हाम्रा हिमाल अहिले अत्यन्त सङ्कटमा रहेको उल्लेख गर्दै विश्वालाई जलवायु अनुकूलित बनाउन सहयोग पुर्‍याउने हिमाल बचाउनका लागि विश्व समुदायसँग अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।” 

Ncell
Extreme Energy

त्यस्तै उनले हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु भएको बताए । उनले भने, ‘हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो । हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो । हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो ।’

विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, बिम्स्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तरराष्ट्रिय ६१ सङ्घसंस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको ‘सगरमाथा संवाद’ तीन दिनसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका...
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...