नेभिगेशन
समाज

हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु होः प्रधानमन्त्री ओली

हिमाल जोगाउन विश्व समुदायलाई अपिल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि काठमाडौँमा सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका रहेका ‘हिमाल’ बचाउनका लागि विश्वसमुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन्। 

उनले जलभण्डारणका रुपमा रहेको हाम्रा हिमाल अहिले अत्यन्त सङ्कटमा रहेको उल्लेख गर्दै विश्वालाई जलवायु अनुकूलित बनाउन सहयोग पुर्‍याउने हिमाल बचाउनका लागि विश्व समुदायसँग अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले भने, “जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान दिनुपर्छ, उनीहरूले संवेदनशील राष्ट्रहरूलाई वित्त, प्रविधि र क्षमता अभिवृद्धिमार्फत सहयोग गर्नुपर्छ ।” 

त्यस्तै उनले हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु भएको बताए । उनले भने, ‘हिमाल जोगाउनु भनेको पृथ्वी जोगाउनु हो । हिमाल जोगाउनु भनेको महासागरहरू जोगाउनु हो । हिमाल जोगाउनु भनेको स्वयं मानवता जोगाउनु हो ।’

विश्वका विभिन्न तीन दर्जनभन्दा बढी मुलुकका प्रतिनिधि र विश्व बैंक, एसियाली विकास बैंक, बिम्स्टेक, सार्कलगायत क्षेत्रीय र बहुपक्षीय अन्तरराष्ट्रिय ६१ सङ्घसंस्थाका प्रतिनिधिसमेतको सहभागिता रहेको ‘सगरमाथा संवाद’ तीन दिनसम्म सञ्चालन हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...

भर्खरै