नेभिगेशन
समाज

उच्च अदालत पोखरामा रवि लामिछानेको सुनुवाई हेर्दाहेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जोडिएको मुद्दा हेर्दाहेर्दैमा परेका छ । उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले लामिछाने जोडिएको मुद्दा हेर्दाहेर्दैमा राखेको हो ।

उक्त मुद्दा बिहिबार हेर्दाहेर्दैमा परेको थियो । बिहिबार रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारी सम्बद्ध  उक्त मुद्दामा लामिछाने लगायत प्रतिवादी पक्षलाई पेसीको सूचना नै नदिई सुनुवाई भएको थियो । लामिछाने पक्षलाई थाहा नदिएपनि उक्त मुद्दा हिजो हेर्दाहेर्दैमा परेको थियो । 

CG

आज पनि पेशी तोकिएको मुद्दामा लामिछानेको कानुन व्यवसायीले थुनामा रहेको पक्षलाई मुद्दाबारे जानकारी नै नदिई सुनुवाइ गरेको भन्दै आपत्ति जनाएका थिए । लामिछानेका पक्षमा बहस गरेका वकिलहरू वरिष्ठ अधिवक्ता सुशील पन्त, रमण श्रेष्ठ र अधिवक्ता सुरेन्द्र थापाले आफूहरुलाई जानकारी नै नदिई मुद्दाको पेशी तोकेको सुनुवाइ स्थगित गर्न माग गरेको थिए भने जाहेरकर्ताका तर्फबाट बहस गरेका वकिलहरुले त्यसको प्रतिवाद गरेका थिए ।  

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजलासले गत पुस २५ गते लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्की उच्च अदालत पोखरा पुगेको थियो भने लामिछाने समेत आफूलाई साधारण तारेख माग गर्दै उच्च पुगेका थिए । ती दुवै निवेदनलाई एकैसाथ अघि बढाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...