नेभिगेशन
समाज

मध्य बर्खामा खडेरीको मार खपिरहेको मधेस (तस्विरहरु)

धनुषा । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भएपनि मधेश प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ । धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावणको पहिले हप्तासम्म पनि रोपाइँ गर्न पाएका छैनन् । सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Madhesh-khaderi-kheti-2-1753420317.jpg
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ । त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ । लक्ष्मीनीयाँ गाउँपालिका सोहनीसिनुरजोडा धनुषाका किसान बहादुर कवाडीका अनुसार पहिलेको वर्ष यो समयसम्म धान रोपाई सक्किसक्ने गरेकोमा यो पाली वर्षा भएन, नहरमा पानी आउँदैन त्यस कारण धानको बीउ पनि सुकी सक्यो, पम्प मोटर हुनेहरूले रोपाइँ गरे पनि धेरै गर्मीका कारण पम्प मोटरले खेतमा पानी हाल्दा पनि छिट्टै सुक्ने उनले बताए । स्थानीय सरकार र प्रदेश सरकारले यहाँका किसान र कृषिका लागि खाँसै ध्यान नदिएको उनको गुनासो छ ।

Ncell
Extreme Energy

Madhesh-khaderi-kheti-1753420317.jpg
सोही गाउँका अर्का किसान विन्देश्वर रविदासले आफ्नो खेतमा भएको सुकेको पम्प देखाउँदै भने, ‘यो पम्प सुक्यो पानी परेको छैन त्यसैले खेती समयमै गर्न पाइएन ।’ सो क्षेत्रमा सिंचाईका लागि कमला सिंचाई आयोजना रहेपनि त्यो त्यति प्रभावकारी भने देखिएको छैन । सिँचाइ आयोजनाबाट धनुषा र सिरहाका २५ हजार हेक्टर कृषियोग्य जमिनमा सतह सिँचाइ (नहरमार्फत) सुविधा सहित त्यहाँका ४० हजार घरपरिवार लाभान्वित भने उद्देश्य रहेपनि अहिले यो आयोजनाका अधिकांस पम्प सञ्चालनमा छैनन् । लोहारपट्टी नगरपालिका महोत्तरीका किसान श्रावण कुमार चौरासिया सुख्खा खेतमा रोपाइँ गर्दै मल पनि नपाउने, पम्पसेट पनि वितरण नगरिएको उनको गुनासो छ । नगरपालिकाले पम्पसेट वितरण गर्दा पनि आफुले नपाएको पैसा र पहुंच हुनेले मात्र पाउने उनले सुनाए । 
तस्बिरः प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी

Madhesh-khaderi-kheti-1-1753420317.jpg

Madhesh-khaderi-kheti-6-1753420316.jpg

Madhesh-khaderi-kheti-5-1753420316.jpg

Madhesh-khaderi-kheti-4-1753420316.jpg

Madhesh-khaderi-kheti-7-1753420315.jpg

Madhesh-khaderi-kheti-8-1753420315.jpg

Madhesh-khaderi-kheti-10-1753420313.jpg

Madhesh-khaderi-kheti-9-1753420313.jpg

Madhesh-khaderi-kheti-12-1753420312.jpg

Madhesh-khaderi-kheti-11-1753420312.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली

काठमाडौँ आइपुगे शान्ति दूत ‘अलोका’सहित भिक्षुहरूको टोली

भारतमा ३४ सय किलोमिटर तथा अमेरिकामा टेक्ससदेखि वासिङ्टनसम्म करिब ३७ सय किलोमिटर खाली खुट्टा शान्ति पदयात्रा सम्पन्न गरेको टोलीले युद्ध र हिंसाबाट प्रभावित विश्वमा शान्तिको सन्देश फैलाउने उद्देश्य...
जेन–जी शहीद स्मारक पार्क निर्माण कार्य अलपत्र (तस्बिरहरु)

जेन–जी शहीद स्मारक पार्क निर्माण कार्य अलपत्र (तस्बिरहरु)

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२४औँ बोर्ड बैठकले पार्क निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेपछि परियोजना अघि...
बालेनले चर्चामा ल्याएको क्यान्जिनको याक चिज,  जोगाउनै छ संघर्ष (तस्विरहरु)

बालेनले चर्चामा ल्याएको क्यान्जिनको याक चिज, जोगाउनै छ संघर्ष (तस्विरहरु)

आज क्यान्जिनको याक चिज केवल खाद्य परिकार होइन, हिमाली संस्कृति, स्थानीय मेहनत र नेपालको पहिचान बोकेको उत्पादन हो। तर यसलाई जोगाउने चुनौती पनि उत्तिकै ठूलो बन्दै गएको छ।...
ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरु)

ललितपुरमा महिला उद्यमी सम्मेलन तथा उत्पादन व्यापार मेला (तस्बिरहरु)

महिला उद्यमशीलताको प्रवर्द्धन, महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान तथा स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले सुरु भएको मेला आज साँझ ६ बजेसम्म सञ्चालन हुनेछ।