नेभिगेशन
समाज

रोशी खोलाको ह्युमपाइप बाढीले बगाएपछि  कुशेश्वर महादेव पुग्न कठिन

सिन्धुली । सुनकोशी र रोशी खोलाको दोभानमा अवस्थित हिन्दूहरुको प्रसिद्ध धार्मिक क्षेत्र कुशेश्वर महादेव मन्दिर दर्शन गर्न अहिले कठिनाइ भइरहेको छ। गत वर्ष असोज १२ गते रोशी खोलामा आएको बाढीले यहाँ रहेको ह्युमपाइप बगाएपछि दर्शनार्थीलाई मन्दिरसम्म जान कठिनाइ भएको हो। हिमवत पुराणको नेपाल महात्म्यमा उल्लेख भए अनुसार यो क्षेत्रमा कौशिक ऋषीले तपस्या गरेका थिए। कुशेश्वर मन्दिरकै पारीपट्टि सुनकोशीको किनारमा ऋषी बिश्वामित्रले तपस्या गरेको स्थान समेत रहेको छ। यहीँबाट गायत्री मन्त्रको उत्पत्ति भएको शिव पुराणमा उल्लेख रहेको पाइन्छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिला रोशी खोलामा ह्युमपाइप राखेर गाडी लगायत पैदल यात्रीलाई मन्दिरसम्म जाने ब्यवस्था मिलाइएको थियो। तर गत बर्षको बाढीले ह्युमपाइप बगाएपछि अहिले मन्दिर दर्शन गर्न रोशी तरेर जानुको बिकल्प छैन। सानो पानी पर्दा पनि रोशीको बहाब बढ्ने हुँदा अहिले मन्दिरमा दर्शनार्थी कम हुन थालेका छन्। गत बर्षको बाढीले सुनकोशी नदि माथी बनेको पक्की पुल समेत बगाको हुँदा अहिले यहाँबाट मध्य पहाडी राजमार्ग हुँदै रामेछाप जिल्लाको  खाँडादेवी, दोरम्बा र शैलुङ्ग जाने सडक यातायात समेत बन्द भएको छ। पुल भत्काए संगै अहिले यहाँका बासिन्दाहरुलाई रामेछाप जान करिब १५ किलोमिटर तल मूलकोट बाट जानुपर्ने बाध्यता रहेको छ।

Ncell
Extreme Energy

 

 

 

 

 

 

 

 

Kusheshwor-mahadev-10-1753686511.jpg

Kusheshwor-mahadev-9-1753686511.jpg

Kusheshwor-mahadev-5-1753686512.jpg

Kusheshwor-mahadev-6-1753686512.jpg

Kusheshwor-mahadev-7-1753686512.jpg

Kusheshwor-mahadev-8-1753686512.jpg

Kusheshwor-mahadev-3-1753686513.jpg

Kusheshwor-mahadev-4-1753686513.jpg

Kusheshwor-mahadev-2-1753686514.jpg

Kusheshwor-mahadev-1-1753686514.jpg

 

 

 

 

 

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय पुगेका रास्वपा नेताहरु (तस्बिरहरु)

आजको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, विभागमा मनोनयन, निर्वाचन केन्द्रित अभियानलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । तस्बिरः नेपाल फोटो लाइब्रेरी
खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

खुलामञ्चमा यसरी हुँदैछ कांग्रेस महाधिवेशनको अन्तिम तयारी (तस्बिर)

उद्घाटन र बन्द सत्रका लागि मञ्च निर्माणको काम सकिइसकेको छ । अहिले साउण्ड सिस्टम र लाइट जडान, कार्पेट बिछ्याउने, कुर्सी राख्ने काम भइरहेको छ ।
नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

नारायणी बाढीको असर : किनारका घर र विद्यालयमा लेदै–लेदो (तस्बिर)

घरभित्र रहेका भाँडाकुँडा, कपडा, चप्पल, र्याक तथा खाट/दराजहरू कति बगाएको छ, कति हिलाम्मे भएको छ । कतिपयको घर नै बाढीले बगाएको छ । बाढी पसेपछि रातभर छिमेकी र...
पुरानै लयमा फर्कन थाल्यो नारायणी

पुरानै लयमा फर्कन थाल्यो नारायणी

जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार दिउँसो २ः१० बजे नारायणीको जलसतह ११ दशमलव ९४ मिटर पुगेको थियो । यहाँ सात दशमलव ३० मिटरलाई चेतावनी तह र नौ...