नेभिगेशन
समाज

२८५ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माणको विरोधमा लिङ्खिमबासी आन्दोलीत, तत्काल रोक्न माग

ताप्लेजुङ ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका स्थानीयवासीले माथिल्लो तमोर जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न माग गर्दै आन्दोलीत भएका छन् । करिब ५५ अर्ब लागतमा तमोर इनर्जी प्रालिले निर्माण गरिरहेको २८५ मेगावाट क्षमताको यो आयोजना विरुद्ध उनीहरू चरणबद्ध रूपमा विरोध जनाउँदै आएका छन्।
पछिल्ला दिनहरमा पनि लिङ्खिमबासी सिस्ने खोला किनारमा जम्माभएर शान्तिपूर्ण विरोध सभा गरिरहेका छन् ।  कालो झण्डा र प्लेकार्डसहित नारा लगाउँदै आन्दोलन गरिरहेका उनीहरुको मुख्य माग हो— आयोजनाको निर्माण कार्य तत्काल स्थगित गर्नु।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter
linkhimbasi-andolit-1753946498.jpg
  कालो झण्डा र प्लेकार्डसहित नारा लगाउँदै आन्दोलन गरिरहेका स्थानीय

अपर तमोर प्रभावित संघर्ष समितिका सल्लाहकार समेत रहेको स्थानीय श्री लिङ्खिमका अनुसार आयोजना निमार्ण रोक्न माग गर्नुको पाँच मुख्य कारण छन् । 

Ncell
Extreme Energy

१. सांस्कृतिक र धार्मिक आस्थाः
सिस्ने खोलामाथि रहेको ‘यूमा’ लिम्बु समुदायको कुलदेवता हो। सुरुङमार्ग सिस्ने र ठौवामुनीबाट निर्माण हुँदैछ, जसले पूजाआजा र मुन्धुम संस्कारमा प्रत्यक्ष असर पार्ने लिङ्खिमबासी बताउँछन्। आदिवासी जनजातिको प्रकृतिपूजक परम्परा अनुसार खोलानाला, पहाड, वन, शिला आदिको संरक्षण अनिवार्य ठानिन्छ।

२. कृषि तथा जीविकोपार्जनमा असरः
सिस्नेदेखि तापेथोकसम्म करिब १० किलोमिटर सुरुङ खन्ने योजनाले सो क्षेत्रका बासिन्दाको खेतीपाती सुकाउने, पानीको अभाव सिर्जना गर्ने, र अन्ततः बसाइँसराइको बाध्यता ल्याउने खतरा रहेको स्थानियको भनाइ छ।

३. जलस्रोतमा प्रत्यक्ष असरः
सुरुङ मार्ग लिङ्खिम बस्तीको पानीका मुहानमुनि पर्ने भएकाले मुहान सुक्ने, जमिन बाझो हुने, र कृषि व्यवसाय तहसनहस हुने चिन्ता व्यक्त गरिएको छ।

४.जनसहभागिता र पारदर्शिता अभावः
परियोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन सार्वजनिक नगरी निर्माण अगाडि बढाइएको भन्दै लिङ्खिमबासी आक्रोशित छन्। २०६८ सालमा सीमित स्थानमा इआईए सार्वजनिक भएको चर्चा भए पनि वास्तविक प्रभावित समुदायसम्म जानकारी पुगेको छैन।

५. जोखिममा पर्ने घरधुरी र वातावरणीय असन्तुलनस्
आयोजनाको संरचना निर्माणका कारण ५०० बढी घर जोखिममा पर्ने सम्भावना छ। तमोर नदीलाई डाइभर्ट गर्दा पर्यावरणीय असन्तुलन निम्तिने चेतावनी विज्ञहरुले समेत दिइरहेका छन्।

कम्पनीको अडान, स्थानीयको निरन्तर प्रतिरोध
तमोर इनर्जी प्रालिका सञ्चालक पुष्पज्योति ढुङगानाले भने सबै प्रक्रिया पूरा गरेर सुरु भएको काम अब एक इन्च पनि नरोकीने बताउँछन् । उनी भन्छन्, “राज्यसँग सबै प्रक्रिया पूरा गरेका छौं, एक इन्च पनि पछि हट्दैनौं।” कम्पनीले सुरुङ खन्ने काम अघि बढाइसकेको छ। डेढ सयभन्दा बढी कामदार परिचालन भइसकेका छन् भने सिस्ने र फुरुम्बु क्षेत्रमा सुरुङ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

aayojana-nirmasthala-1753946498.jpg
आयोजनाको निर्माणस्थल

स्थानियको दाबी अनुसार समुदायको वनका रूपमा संरक्षणमा रहेको फेसेवा बगर वनलाई नष्ट गर्दै कम्पनीले संरचना निर्माण थालेको छ। सुरक्षाकर्मीको क्याम्प राखेर काम गरिने चर्चा चलिरहँदा स्थानिय थप आक्रोशित भएका छन्। उनीहरू कम्पनीको व्यवहारलाई धम्कीपुर्ण र अपारदर्र्शी भएको बताउँछन् । 

आयोजनाको सुरक्षामा खटिएका सुरक्षाकर्मी
आयोजनाको निर्माणस्थल सुरक्षाकालागि खटिएका सुरक्षाकर्मी

एकातिर लिङ्खिमका बासिन्दा आफ्नो भूमि, संस्कृति र भविष्यको संरक्षणका लागि आन्दोलनरत छन् भने अर्कोतर्फ कम्पनीले निर्माण कार्य तीव्र बनाइरहेको छ। स्थानीयले आफूहरुको शान्तिपूर्ण आन्दोलनलाई कमजोर नठान्न चुनौती दिएका छन् । 

आन्दोलन गरिरहेका स्थानीय
कालो झण्डा र प्लेकार्डसहित नारा लगाउँदै आन्दोलन गरिरहेका स्थानीय

-ताप्लेजुङबाट पत्रकार देवराज गुरुङको सहयोगमा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

असार तेस्रो सातादेखि बर्दियाका सुकुम्बासीलाई ४ आनाका दरले जग्गा वितरण गरिने, देशभर लगत संकलन जारी

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगत संकलन भइसकेका जिल्लामा जग्गा वितरण गर्न लागेको हो । बर्दियापछि तनहुँ, बाँके, झापा र मकवानपुर लगायत जिल्लामा जग्गा...
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

सो कार्यालयका अनुसार गत जेठ मसान्तसम्ममा १६ हजार ९३५ जनाले राहदानीका लागि आवेदन दिएकामा १४ हजार १३४ राहदानी कार्यालयमा प्राप्त भई १४ हजार १११ जनालाई वितरण गरिएको छ...
दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

दशकअघि खुला दिसामुक्त घोषणा, मुसहर बस्ती अझै शौचालयविहीन

एक सयभन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा तीन घरमा मात्र शौचालय रहेको छ । बाँकी परिवारले वर्षौंदेखि खेतबारी, बाँसघारी र खोल्साका किनारामा दिसापिसाब गर्दै आएका छन् ।
दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

समितिका अनुसार लालीगुराँस सहकारीका थप ७० जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने आइडियल यमुना  सहकारीका १२ जनाले बचत फिर्ता पाएका हुन्।