नेभिगेशन
सबै कुरा

टिकटकको खराब पाटो : आफ्नै श्रीमतीको चरित्र हत्या गर्न पछि परेनन् श्रीमान

१० भदौ, काठमाडौं- सामाजिक सञ्जाल टिकटक । कला, मनोरञ्जन, सुझाव, सूचना हरेक कन्टेन्ट यहाँ पाइन्छ । धेरैको करियर यही प्लेटफर्मले उचाईमा समेत पुर्याएकाे छ । टिकटक हेर्न थालेपछि समय बितेको पत्तै पाइन्न । तर यो प्लेटफर्मको अँध्यारो पाटो पनि छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका २ सल्लेका रविन्द्र सापकोटाले यही प्लेटफर्मको गलत प्रयोग गरेर धेरै महिलाको चरित्र हत्या मात्र होइन सम्बन्ध विच्छेदको अवस्थामा पुर्याएका छन् । 

Extreme Energy
citizen life

उनी आफ्नै आफन्तका फोटोमा अश्लिल अडियो प्रयोग गरी भिडियो बनाउँछन् र टिकटकमा पोस्ट गर्छन । त्यो भिडियो गाउँका सारा मान्छेलाई पठाउँछन् । 

रविन्द्रको यस्तै हर्कतका कारण नुवाकोटकै रमा(परिवर्तित नाम) को घरबार बिग्रियो । नातामा भिनाजु पर्ने रविन्द्रले रमाको विवाहपछि उनका श्रीमानलाई नभएको कुरा लगाउनेमात्र हैन, उनको तस्विर नै राखेर अश्लील भिडियो बनाउँदै टिकटकमा राख्न थाले । ‘मेरो श्रीमानलाई उसले म पहिले उसको श्रीमान हुँ, उसले मेरो गर्भ बोकेर गर्भपतन गराएकी हो । अरुसँग कतै पनि नबिकेर तँसँग भागेर गएकी हो भनेछ ।’ रमा भन्छिन् । 

सोही कारण रमाको श्रीमानसँग सम्बन्धविच्छेद भयो । त्यसपछि उनले आफ्ना सबै सामाजिक संजालका अकाउण्ट बन्द गरिन् । अन्ततः उनी दोस्रो विवाह गरेर गाउँ नै छोडेर अन्यत्र गईन् । 


केही समयपश्चात उनले एकदिन आफ्नो नयाँ अकाउण्टबाट दिदीको टिकटकमा कमेन्ट मात्र के गरेकी थिइन्, त्यही टिकटकबाट रविन्द्रले उनको फोटो तानेर पुनः उनको अश्लील भिडियो बनाएर टिकटकमा राख्न थालेको उनी बताउँछिन् । ‘उसको श्रीमतीले हालेको भिडियोमा एउटा कमेन्ट गरेको थिएँ, अन्त कतै मेरो फोटो भिडियो नपाएको उसले त्यही टिकटक अकाउण्टमा राखेको फोटो स्क्रिनसट गरेर पुनः अश्लिल भिडियो बनाउन थाल्यो ।’ उनी रँदै भन्छिन्, ‘म पनि इज्जत भएर बसेको मान्छे हुँ नि, पहिलो घरबार त उसकै कारण बिग्रियो, दोस्रो त नबिग्रियोस् ।’ 

रविन्द्रकै हर्कतले उनी अहिले परिवारदेखि मात्र हैन सम्पूर्ण आफन्तदेखि सम्पर्कविहिन हुनुपरेको छ । आफ्नो तस्विर राखेर त्यस्ता भिडियो नबनाउन रविन्द्रलाई आग्रह गर्दा गल्ती सच्याउने त परको कुरा उल्टै आफूलाई कसैले केही गर्न नसक्ने भन्दै धम्क्याउँछन् । 

नुवाकोटकै शान्ति (परिवर्तित नाम) पनि रविन्द्र अनि उनको क्रियाकलापदेखि आजित छिन् । नाताले रविन्द्र उनको ज्वाइँ पर्छन् । रविन्द्रले शान्तिको तस्विर पनि रमाको झैँ अश्लील भिडियो बनाएर टिकटकमा पोस्ट गरिदिए ।  

शान्तिका श्रीमान वैदेशिक रोजगारमा छन् भने शान्ति नेपालमै । शान्तिको समस्या विदेशमा रहेका उनका श्रीमानले बुझेपनि विगत केही दिनदेखीको रविन्द्रको हर्कतले उनी गाउँघर अनि आफन्तको सामना गर्न सकेकी छैनन् । ‘तैँले के गर्न सक्छेस् गर् भन्ने, सँधैभरि टर्चर मात्र दिने, अहिलेचाहिँ सहनै नसक्ने भएँ ।’ उनी भन्छिन्, ‘हाम्रो त इज्जत छ नि । अहिलेसम्म यस्ता कुरा कसैबाट पनि भएको थिएन । आफन्तसामु सबैसँग पुगिसक्यो, अब कसरी उहाँहरुको अगाडि मुख देखाउनु ?’ 

शान्तिले रविन्द्रलाई त्यस्तो नगर्न अनुरोध नगरेकी भने हैनन् । तर केही सिप नलागेपछि उनले रविन्द्रविरुद्ध साइबर ब्यूरोमा उजुरी गरेकी छिन् । ‘उसलाई नेपाल झिकाएर अत्ति नै कडा कारबाही गरियोस् । कहिल्यै बाहिर निस्किन नपाओस, कोही छोरीचेलीलाई यस्तो बदनाम गराउने आँट नगरोस् । हिम्मत नआओस् ।’ उनी भन्छिन् । 

६ वर्षअघि शान्तिकी बहिनी चाँदनीको विवाह रविन्द्रसँग भएको थियो ।  विवाह भएको केही समयपछि रविन्द्र र चाँदनीको सम्बन्धमा खटपट आयो । गर्भवती श्रीमती छोडेर रविन्द्र दुबई गए । विदेश गएर घरमा श्रीमती र बच्चाको हेरचाह त परको कुरा रविन्द्रले चाँदनीलाई घरबाट निस्किएर जान बाध्य गराए । 

बच्चा हुर्काउन समस्या भएपछि चाँदनीले छोरीलाई आफ्नी दिदी शान्तिको जिम्मा लगाएर कतार गइन् । तैपनि श्रीमानले दिने यातनाको कमी नभएको उनी बताउँछिन् । ‘२०७८ सालमा म पहिलोपटक विदेश आएँ । त्यतिबेला पनि टर्चर दिएका कारण म घर जान पर्यो ।’

त्यसपछि रविन्द्रले आफ्नै श्रीमतीको फोटो भिडियोमा अश्लील कमेन्ट गरे । श्रीमानको हर्कतकै कारण आफूले आत्महत्यासम्मको प्रयास गरेको चाँदनी बताउँछिन् । ‘तर सानी छोरीलाई सम्झिएँ । उसलाई जसरी पनि नेपाल झिकाएर कारबाही गरिदिनुप¥यो’ 

यी बाहेक पनि रविन्दले अन्य धेरै महिलाको अश्लिल भिडियो बनाएर टिकटकमा पोस्ट गरेका छन् । 

रविन्द्रविरुद्ध उजुरी दिन काठमाडौँ आएका उनीहरुलाई नेपाल प्रहरीको साइबर ब्यूरोलेले जिल्लाबाटै सम्बोधन हुने भन्दै फर्काइदियो । 

साइबर ब्यूरोले भनेअनुरुप पुनः उनीहरु जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगे । त्यहाँका अधिकारीले निवेदन लिए तर जाहेरी भने दर्ता गराएनन् ।  

बढ्दो साइबर अपराध 

नेपालमा हरेक वर्ष साइबर अपराधको संख्या बढ्दो छ । आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३ सय १ उजुरी साइबर ब्यूरोमा दर्ता भएका छन् ।  आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ९ सय ६, आर्थिक वर्ष २०७८/७९ मा ४ हजार ६ सय ८६ र आर्थिक वर्ष २०७९/८० मा साइबर ब्युरोमा ९ हजार १३ उजुरी दर्ता भएका छन् । यो तथ्यांकले साइबर अपराध वर्षैपिच्छे दोब्बरले बढिरहेको देखाउँछ । ब्यूरोमा उजुरी गरेका उजुरीकर्तामध्ये अधिकांशले आफ्ना तस्विर विभिन्न किसिमका नग्न तस्विरमा जोडेर चरित्र हत्या गरेको बताएका छन् ।


साइबर अपराध हुने सामाजिक संजालमध्ये फेसबुकबाट सबैभन्दा धेरै पीडित भएका छन् । ४ वर्षमा फेसबुकबाट मात्र १६ हजार ४ सय ३९ जना पीडित भएका छन् । त्यस्तै पछिल्लो ४ वर्षमा टिकटकबाट एक हजार २८ जना, इन्स्टाग्रामबाट ६ सय ९९ जना र भाइबरबाट २८ जनाले पीडित भएको भन्दै उजुरी गरेका छन् । त्यस्तै ह्वाट्स्एप, युट्युब, वेबसाइट ह्याक गरेर साइबर अपराध गर्नेको संख्या पनि बढ्दो छ । 

विद्युतीय माध्यमबाट हुने अपराधलाई नियन्त्रण गर्न नेपालको विद्युतीय कारोबार ऐन २०६३ कार्यान्वयनमा छ । यस कानुनलाई टेकेर विगत १० वर्षमा मात्र ३ सय ४९ साइबर अपराधका मुद्दा काठमाडौँ जिल्ला अदालतमा सुनुवाइ भएका छन् भने कतिपय उजुरी प्रहरीको सम्पर्कमा पुगेपछि समाधान हुने गरेका छन् । 

साथै उक्त विद्युतीय कारोवार ऐन २०६३ को दफा ४७ ले कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामाग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामाग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री तथा महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने किसिमका अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैँयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सयाज हुने उल्लेख छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

एउटा सर्वव्यापी मान्यता छ– साथी रोज्न पाइन्छ तर, छिमेकी रोज्न पाइँदैन । देशका लागि त छिमेकी रोज्ने विषय कल्पनासमेत गर्न सकिँदैन । यो कुरा ठ्याक्कै नेपालसँग मिल्छ ।
अब जम्मा १७ मन्त्रालय, कुन कुन मन्त्रालय हुँदैछ खारेज ?

अब जम्मा १७ मन्त्रालय, कुन कुन मन्त्रालय हुँदैछ खारेज ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बनेको ५ सदस्यीय कार्यदलको सुझाबका आधारमा प्रधानमन्त्री बालेन शाहले ४ वटा मन्त्रालय खारेज गर्ने र केही मन्त्रालयको नाम परिवर्तन तयारी...
किन अड्कियो अध्यादेश ?

किन अड्कियो अध्यादेश ?

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे एक साताअघि पक्राउ परे । उनीसँगै भिषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा पनि समातिएका छन् ।...