नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

सिधाकुरा फलोअप : टिकटकमा चरित्रहत्या गर्ने रविन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता

११ भदौ,काठमाडौं- दुबईमा बसेर सामाजिक संजाल टिकटकमा आफ्नै परिवारको चरित्रहत्या गर्ने मनशायले अश्लील अडियोमा भिडियो बनाउने नुवाकोटका रविन्द्र सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका २ सल्लेका रविन्द्र सापकोटाले आफ्नै श्रीमति, दिदी सासु र सालीको समेत फोटो अश्लिल अडियोमा राखेर भिडियो बनाउने गरेका थिए । वैदेशिक रोजगारीका लागि विदेशको भूमिमा रहेका उनलाई त्यस्तो नगर्न पटक–पटक आग्रह गर्दा समेत आफूलाई कसैले केही गर्न नसक्ने भन्दै उल्टै धम्की दिने गरेका थिए । 

Ncell
Extreme Energy

रविन्द्रको हर्कत सहन नसकेर उनलाई कारबाहीको माग गर्दै शान्ति र रमा (परिवर्तित नाम) विभिन्न निकाय धाइरहेका थिए । न्यायको माग गर्दै नुवाकोटदेखि काठमाडौंमा रहेको साइबर ब्यूरो केन्द्रीय कार्यालय आएका उनीहरुको समस्या जिल्ला प्रहरी कार्यालयबाट नै समाधान हुने भन्दै फर्काइएको थियो । 

साइबर ब्यूरोले भनेअनुरुप नै जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगेका उनीहरुलाई विभिन्न बहनामा उनीहरुको निवेदन मात्र लिइएको थियो । प्रहरीले उजुरी भने लिन मानेको थिएन । 

रविन्द्रका कारण शान्ति, रमा र चाँदनीले भोगेको शारीरिक र मानसिक यातनाका विषयमा सिधाकुरामा समाचार प्रकाशन र प्रसारण भएपछि भने रविन्द्रविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटको मुद्दा फाँटका प्रहरी अधिकृतका अनुसार प्रहरीमा रविन्द्रको विरुद्धमा उजुरी दर्ता हुनुका साथै उनको सामाजिक सञ्जाल निस्क्रिय पार्नसमेत साइबर ब्यूरो केन्द्रीय कार्यालयमा पठाइसकेको छ । प्रहरीमा उजुरी दर्ता भएसँगै पीडितहरु आफूहरुले न्याय पाउनेमा आशा पलाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बूढीगण्डकी बाढीः गोरखा र धादिङ जोड्ने पक्की पुल बगायो

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ९ः२५ बजे सूचना जारी गर्दै बूढीगण्डकीमा जलसतह बढ्ने र घट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।