नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

सिधाकुरा फलोअप : टिकटकमा चरित्रहत्या गर्ने रविन्द्रविरुद्ध प्रहरीमा उजुरी दर्ता

११ भदौ,काठमाडौं- दुबईमा बसेर सामाजिक संजाल टिकटकमा आफ्नै परिवारको चरित्रहत्या गर्ने मनशायले अश्लील अडियोमा भिडियो बनाउने नुवाकोटका रविन्द्र सापकोटाविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी दर्ता भएको छ । 

नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका २ सल्लेका रविन्द्र सापकोटाले आफ्नै श्रीमति, दिदी सासु र सालीको समेत फोटो अश्लिल अडियोमा राखेर भिडियो बनाउने गरेका थिए । वैदेशिक रोजगारीका लागि विदेशको भूमिमा रहेका उनलाई त्यस्तो नगर्न पटक–पटक आग्रह गर्दा समेत आफूलाई कसैले केही गर्न नसक्ने भन्दै उल्टै धम्की दिने गरेका थिए । 

CG

रविन्द्रको हर्कत सहन नसकेर उनलाई कारबाहीको माग गर्दै शान्ति र रमा (परिवर्तित नाम) विभिन्न निकाय धाइरहेका थिए । न्यायको माग गर्दै नुवाकोटदेखि काठमाडौंमा रहेको साइबर ब्यूरो केन्द्रीय कार्यालय आएका उनीहरुको समस्या जिल्ला प्रहरी कार्यालयबाट नै समाधान हुने भन्दै फर्काइएको थियो । 

साइबर ब्यूरोले भनेअनुरुप नै जिल्ला प्रहरी कार्यालय नुवाकोट पुगेका उनीहरुलाई विभिन्न बहनामा उनीहरुको निवेदन मात्र लिइएको थियो । प्रहरीले उजुरी भने लिन मानेको थिएन । 

रविन्द्रका कारण शान्ति, रमा र चाँदनीले भोगेको शारीरिक र मानसिक यातनाका विषयमा सिधाकुरामा समाचार प्रकाशन र प्रसारण भएपछि भने रविन्द्रविरुद्धको उजुरी जिल्ला प्रहरी कार्यालय नुवाकोटमा दर्ता भएको छ । 

जिल्ला प्रहरी कार्यालय नुवाकोटको मुद्दा फाँटका प्रहरी अधिकृतका अनुसार प्रहरीमा रविन्द्रको विरुद्धमा उजुरी दर्ता हुनुका साथै उनको सामाजिक सञ्जाल निस्क्रिय पार्नसमेत साइबर ब्यूरो केन्द्रीय कार्यालयमा पठाइसकेको छ । प्रहरीमा उजुरी दर्ता भएसँगै पीडितहरु आफूहरुले न्याय पाउनेमा आशा पलाएको बताएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...
गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

गाउँमै उद्योग स्थापना भएपछि किबी उत्पादक किसानलाई राहत

स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् ।
समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

समपूरक अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो ।
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो...