नेभिगेशन
समाज

ठप्प छ नेपाल चीन सीमाको केरुङ नाका (तस्बिरहरु)

रसुवा । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको बाढीका कारण केरुङ नाकामा रहेको मितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्ण रूपमा बन्द भएको छ । बाढीमा धेरैले  ज्यान गुमाए भने  ट्रक र कन्टेनरहरू बाढीले बगाउँदा व्यापारीहरूले ठुलो आर्थिक क्षति  व्यहोर्नु पर्‍यो ।   

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Kerung-Border_Sidhakura-1763873155.jpg

Ncell
Extreme Energy

बाढीका कारण  नेपालतर्फका सयौँ ट्रक कन्टेनरहरू बगाएका र मितेरी पुल समेत बगाउँदा झन्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएको व्यापारीहरू बताउँछन् । नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड गरिएका कन्टेनरहरू  बाढीपछि चीनतर्फ नै अड्किएका कारण  पाँच महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन सकेको छैन जसका कारण व्यवसायीहरूके आर्थिक सङ्कट झेली रहनु परेको छ ।

Kerung-Border_Sidhakura1-1763873155.jpg

Kerung-Border_Sidhakura3-1763873156.jpg

Kerung-Border_Sidhakura2-1763873156.jpg

Kerung-Border_Sidhakura5-1763873158.jpg

Kerung-Border_Sidhakura4-1763873158.jpg

Kerung-Border_Sidhakura7-1763873160.jpg

Kerung-Border_Sidhakura6-1763873160.jpg

 यसरी नाका क्षेत्र महिनौ देखि बन्द हुँदा सरकारले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न समेत सकेको छैन । चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिक गरी ४ महिनाका लागि  १३ अर्ब ५३ करोड राजस्वको सङ्कलन लक्ष्य रहेको  थियो । 

बाढीले मितेरी पुल, भन्सार यार्ड तथा सडकमा क्षति पुर्‍याउँदा यस नाकाबाट पाँच महिनामा महिनामा झन्डै १४ अर्ब  भन्दा बढी राजस्व गुम्न पुगेको छ।  काठमाडौँबाट करिब १३२ किमीको दुरीमा पर्ने यो नाका राजस्व सङ्कलनको हिसाबले देशको पाँचौँ ठुलो भन्सार कार्यालयको रूपमा रहेको थियो । उत्तरी छिमेकी चीनतर्फको महत्त्वपूर्ण व्यापारिक नाकाका रूपमा विकसित हुँदै गएको यो नाका  ल्हेन्दे नदीमा आएको भीषण बाढीसँगै अहिले ठप्प छ ।

Kerung-Border_Sidhakura9-1763873161.jpg

Kerung-Border_Sidhakura8-1763873161.jpg

Kerung-Border_Sidhakura10-1763873162.jpg

चीनतर्फबाट तत्कालका लागि पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने नेपाल तर्फ अवरोध भयका सडकहरू खुली सकेको छ ।

तस्बिर : क्षितिज तामाङ/ नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै