नेभिगेशन
पूर्वाधार

काठमाडौँमा सडकका खाल्डाखुल्डी अब तत्काल सुधार हुने, ‘सडक एम्बुलेन्स’ ले यसरी दिन्छ २४ घण्टा सेवा

 काठमाडौँ । सडक डिभिजन कार्यालय काठमाडौँले सहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतका काम तीव्र रूपमा अघि बढाइएका छन्।
डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्नका लागि कार्यालयले 'सडक पोटहोल मर्मत एम्बुलेन्स' सेवा सुरु गरेको हो।
मंसिर ११ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले काठमाडौँ सडक डिभिजन कार्यालयमा पोटहोल मर्मत एम्बुलेन्स र पोटहोल मर्मतसम्बन्धी मोबाइल एपको शुभारम्भ गरेका थिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sadak-Ambulance_-Sidhakura11-1764648457.jpg

Ncell
Extreme Energy

Sadak-Ambulance_-Sidhakura10-1764648455.jpg


डिभिजन कार्यालयका इन्जिनियर रामचन्द्र फुयाँलका अनुसार सो एम्बुलेन्समार्फत ४७२ किलोमिटर सडकलाई पूर्ण रूपमा खाल्डाखुल्डी रहित बनाइने लक्ष्य छ। वर्षभरि ३६५ दिन, २४ घण्टा सञ्चालन हुने एम्बुलेन्स सेवा आपतकालीन अवस्थामासमेत सक्रिय रहने छ।
पोटहोल मर्मतका लागि मुलपानी क्षेत्रमा खटिएका इन्जिनियर फुयाँलले अत्यधिक सवारी चापका कारण अधिकांश मर्मतकार्य रातिको समयमा गरिने बताए।
उनले भने, "दिनमा पनि तत्काल आवश्यक सडकमा मर्मत हुन्छ, तर मुख्य काम रातमा अघि बढाइन्छ।"स्वचालित रूपमा सञ्चालन हुने पोटहोल मर्मत एम्बुलेन्समा ५० डिग्री तापक्रममा इमल्सन तताउने, स्प्रे गर्ने, खाल्डो काट्ने, हावा तथा पानीले सफा गर्ने लगायतका सबै सुविधा रहेको डिभिजनले जनाएकाे छ।

Sadak-Ambulance_-Sidhakura4-1764648452.jpg

सडक मर्मतलाई अझ प्रभावकारी बनाउन डिभिजन कार्यालयले 'रोड मेन्टिनेन्स साइट रेस्क्यु (RMSR)' नामक मोबाइल एप पनि सार्वजनिक गरेको छ।
एपमार्फत सडक मर्मत आवश्यक स्थानको जानकारी संकलन गरी तत्काल काम अघि बढाइने डिभिजनले बताएको छ।
तर अहिले सर्वसाधारणले एपमार्फत खाल्डाखुल्डीको फोटो पठाएर सूचना दिन नसक्ने उल्लेख गर्दै फुयाँलले भने, "अहिलेलाई २४ घण्टा खटिने हाम्रा कर्मचारीहरूकै टोलीले स्थान पहिचान गरेर मर्मत गर्नेछन्।"

Sadak-Ambulance_-Sidhakura9-1764648455.jpg

एम्बुलेन्ससँगै तालिमप्राप्त प्राविधिक टोली खाल्डो देखिएको स्थानमा पुगेर छिटोछरितो मर्मत कार्य सम्पन्न हुने मन्त्रालयको विश्वास छ।
सडक एम्बुलेन्सको प्रयोगले भीडभाडको समयमा समेत आकस्मिक मर्मत गर्न सकिने बताइएको छ।
काठमाडौँलाई 'पाइलट प्रोजेक्ट' का रूपमा लिएर सुरु गरिएको यो अभियान सफल भएपछि अन्य सडक डिभिजनहरूमा पनि विस्तार गरिने कार्यालयले जनाएको छ।

Sadak-Ambulance_-Sidhakura14-1764648458.jpg

Sadak-Ambulance_-Sidhakura13-1764648457.jpg

Sadak-Ambulance_-Sidhakura7-1764648454.jpg

Sadak-Ambulance_-Sidhakura8-1764648454.jpg

Sadak-Ambulance_-Sidhakura5-1764648453.jpg

Sadak-Ambulance_-Sidhakura3-1764648452.jpg

Sadak-Ambulance_-Sidhakura2-1764648452.jpg

Sadak-Ambulance_-Sidhakura6-1764648453.jpg

Sadak-Ambulance_-Sidhakura-1764648451.jpg

Sadak-Ambulance_-Sidhakura1-1764648451.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...

भर्खरै