नेभिगेशन
समाज

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

काठमाडौँ । बुलेट बाइक अर्थात, रोयल इन्फिल्ड बाइकका चालकहरु हेर्दा सान देखाएर हिड्छन् । अझ ठुलो आवाज निकालेर साइलेन्सर पड्काउँदै हिड्दा सडकमा यीनिहरुको रवाफ देखिन्छ तर यीनिहरुको यो सान र रवाफ भने बाइकको एउटा पार्टस मात्रै फेर्नु पर्यो भने सर्भिसिङ सेन्टर, ग्यारेजमा पुगेर थन्किन्छ । त्यो पनि एक दुई दिन होइन तीन चार महिनादेखि छ महिनासम्म । रोयल इन्फिल्डको आफ्टर सेल्स सर्भिस यति झुर छ कि रोयल इन्फिल्डका चालकहरु अहिले रोएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिन्धुलीका सुमन पौडेल रोयल इन्फिल्ड क्लासिक बाइक चढ्छन् । उनी बाइक कम्पनीले दिएको दोस्रो सर्भिसिङका लागि मंसिर ९ गते नक्सालस्थित रोयल इन्फिल्डको सर्भिस सेन्टरमा पुगे ।
 
उनको बाइकमा दोस्रो सर्भिसिङका लागि तोकिएको किलोमिटर ५ हजार किलोमिटर र ६ महिना पूरा भएको थियो । उनले सर्भिसिङका लागि सर्भिस सेन्टरमा आग्रह गरे । तर, सर्भिस सेन्टरले आफूहरु निकै व्यस्त भएको भन्दै अहिले बाइक लिन नसक्ने र केही दिन दिन कुर्न वा नभए अर्को सोरुममा जान भने ।

Ncell
Extreme Energy

पौडेलले अर्को सर्भिस सेन्टर खोजे तर कतै पनि पालो नभएको जानकारी पाए । त्यसपछि उनले आफू उपत्यका बाहिर जानुपर्ने भएकाले छिटो सर्भिसिङ गरिदिन आग्रह गरे । नभए अन्य सर्भिस सेन्टर भए पनि सर्भिस गराउन अनुमती दिन आग्रह गरे । 

तर, स्वरुमले बाहिर सर्भिसिङ गरेको वारेन्टी नपाइने भन्दै उनलाई कुर्न मात्रै आग्रह गरे । पौडेल सर्भिस सेन्टरको जवाफ सुनेर दिक्क भए र झोक्किएर त्यहाँबाट बाहिरिए । 

सिधाकुराको सम्पर्कमा आएका उनले कम्पनीले पछि पनि दुःख दिन्छन् की भनेर नाम परिर्वतन गरेर कुरा राख्न चाहे । सोहीअनुसार हामीले उनको नाम परिवर्तन गरेर उनको कुरा भनिरहेका छौँ ।

पौडेलका अनुसार ‘थप बाइक चलाउँ तोकिएको किलोमिटर पुरा भएका कारण कम्पनीको नियम उल्लघंन हुन्छ । नचलाउँ र सर्भिसिङमा पठाउँ भने कम्पनीले सर्भिसिङ नै गर्दैन । उनले सिधाकुरासँग गुनासो गरे, ‘म आफ्नो पैसा हालेर किनेको बुलेट बाइकका कारण आफै बिलख बन्दमा परे । यो कम्पनीको गम्भिर लापरबाही हो ।’

धादिङका टिएन भट्ट रोयल इन्फिल्डको क्लासिक रिबोन बाइक चढ्छन् । उनको बाइकमा केही पार्टस् फेर्नुपर्नेभयो । उनी पनि पार्टस्का लागि रोयल इन्फिल्डको आधिकारीक शोरुम नक्सालमा मंसिर १२ गते पुुगे । कम्पनीले उनको बाइकको बदल्नुपर्ने पार्टपूर्जाबारे कोटेशन दियो ।

उनलाई १४ वा १५ मंसिरमा बाइकको पार्टस् आइपुग्ने र बाइकमा ति सामानहरु फेरिदिने बतायो । तर, त्यो दिन भट्ट शोरुम पुग्दा बाइकमा पार्टस् फेरिएको थिएन । त्यसपछि शोरुमले भट्टलाई बाइक लगेर चलाउँदै गर्न र मंसिर २१ वा २२ मा सामान आइपुग्ने बतायो । भट्टले बाइक ल्याएर घरमा राखे तर चलाएनन् । उनी पुुनः २१ मंसिरको बिहान शोरुम पुगे । तर, शोरुमले फेरि पार्टस् नभएको भन्दै अर्को २ दिन कुर्न भन्यो ।

‘रोयल इन्फिल्डले बाइक बेच्यो तर बिक्रीपछिको सर्भिस अत्यन्तै झुर रहेछ,’ भट्ट भन्छन् ‘ न पाट्र्स भनेको दिन पाइन्छ । न सर्भिस समयमै छ । कम्पनीको गम्भिर हेलचेक्रयाँईको शिकार हामी भएका छौँ । साधन छ चढ्न पाइएको छैन् ।’

भट्ट र पौडेलका अनुसार बिक्री अघि निकै तामझाम र प्रचार गरिएको बाइकको सर्भिसबारे सरकारी निकायले अनुगमन गर्नुपर्छ । उपभोक्ताले पाएको दुुःखको कारण पत्ता लगाउनुपर्छ । कम्पनीलाई जिम्मेवार बनाउनुपर्छ । 

भट्ट र पौडेल त केही प्रतिनिधि पात्र मात्रै हुन पछिल्लो समय रोयल इन्फिल्ड बाइकको बिक्री पछिको सर्भिसिङ ग्राहक मैत्री नभएको गुनासो अत्याधिक छ । 

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र पार्टस् आयात तथा बिक्री गर्न कम्पनीले सकिरहेको छैन,’ नाम खुलाउन नचाहने ति कर्मचारीले सिधाकुरासँग भने, ‘कम्पनीको काम हेर्दा पहिले बेच्ने हो । त्यसपछि जे त पर्छ हेर्दै जाउँला भन्ने देखिन्छ ।’ 

त्यसो त रोयल इन्फिल्डबाट धोका खाएका ग्राहकहरु कम्पनीको नेपालको अफिसियल साइटमै गएर गुगल रिभ्यूमा पनि असन्तुष्टी व्यक्त गरिरहेका छन् । 

उनीहरु भन्छन्, शोरुमका मान्छेहरु राम्रा छन् बाइक राम्रो छ तर बिक्री पछिको सर्भिस र पाट्र्स पुर्जा भनेको समयमा पाइँदैन् । एक जना ग्राहक रमेश कार्कीले रोयल इन्फिल्डको नेपाली बिक्रेता अल्फा अटोमोटिभको रिभ्यूमा एक महिनाअघि लेखेका छन्  ‘एकदमै झुर सर्भिस अनुभव । म कसैलाई पनि रिकमेन्ड गर्न सक्दिन ।’ 

अर्का ग्राहक एसआरएस भ्लगस् पनि सर्भिसिङ अनुभव औषत भएको प्रतिक्रिया लेखेका छन् । रोयल इन्फिल्डकै अर्का ग्राहक बार्बारिक विष्टले कर्मचारी असल नभएको भए मैले एक् स्टार पनि रिभ्यूू दिन्न थिए भनेर उनले कम्पनीसँग असहमति जनाएका छन् । एक महिना अघि उनले लेखेको रिभ्यूूमा भनिएको छ, ‘यति धेरै बाइक बिक्री हुँदा बिक्री पछिको सर्भिसिङमा किन यति धेरै समय लाछ ?’ 

बाइकको बिक्री पछिको सर्भिसिङ अत्यन्तै अराब रहेको भन्दै गुगल रिभ्यू गर्नेहरुमा कुशल श्रेष्ठ, पेम्बा शेर्पा, देवाशिस आचार्य, अजय पाण्डे, दृज्य बज्राचार्य लगायतका दर्जनौँ बढी ग्राहकहरु छन् । उनीहरुको कम्पनीमाथि एउटै गुनासो छ, ‘बाइक बेच्ने बेलामा र पैसा लिनु अघि ग्राहकलाई जुन व्यवहार गरिन्छ त्यसपछिको सर्भिस एकदमै खत्तम छ ।’

ब्रिटिस् मोटरसाइकल कम्पनी हो रोयल इन्फिल्ड । भारतमा यो कम्पनी आइचर अन्र्तगत छ र त्यहाँबाट पाट्र्स ल्याएर नेपालमा त्रिवेणी समूहले यो बाइक एसेम्बल्ड गरिरहेको छ । 

नेपालमा त्रिवेणी समुहको अल्फा अटोमोटिभले यो ब्राण्डको बाइकको बिक्री, वितरण तथा सर्भिसिङ सेवा दिंदै आएको छ । सिधाकुराले बिक्रीपछिको सर्भिसिङ समस्याबारे राखेको जिज्ञासामा रोयल इन्फिल्ड नेपालले पनि आफ्नो समस्या रहेको स्वीकार गरेको छ । 

बाइकहरु भन्ने बित्तिक्कै नबन्ने र यसका लागि समय लाग्ने कुुरा सामान्य रहेको रोयल इन्फिल्डको नेपाली बिक्रेता अल्फा अटोमोटिभ नक्सालकी म्यानेजर नानिशा कँडेलले बताइन् । ‘बाइकको सामान्य सर्भिसिङमा कुनै समस्या छैन् । तर, पाट्र्सहरु फेर्ने, भित्री सामानहरु बनाउनुपर्ने जस्ता कार्यका लागि भने अपोइन्टमेन्ट लिनुपर्छ । समय लाग्छ ।’ बाइक बिक्री भएअनुसार सर्भिसिङ बिस्तारमा लगानी नगरेको हो भन्ने प्रश्नमा उनले कुनै जवाफ दिन नमिल्ने बताइन् ।

बाइकका पार्टपुर्जा ल्याउन कम्पनीमा २ महिना भन्दा धेरै लाग्ने भएकाले भनेकै समयमा पाट्र्स दिन नसकिएको उनले स्वीकार गरिन् । कँडेलकाअनुसार कम्पनीसँग हालसम्म तीन वटा केन्द्रिय सर्भिस् सेन्टर छन् । अब छिट्टै बानेश्वरमा पनि नयाँ सञ्चालनमा आउँदैछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

बागलुङ पठाएको अनुदानको मल विचौलियाले वीरगञ्ज पुर्याए, तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार बागलुङ बजारका दुई कृषि सामग्री पसलबाट खरिद गरिएको युरिया रात्रिबसबाट वीरगञ्ज पठाइएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

स्वास्थ्य बीमामा गत वर्ष ११ अर्ब र यस वर्ष ५ अर्ब बजेट थप गरिएको छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन्।
एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागू

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको हो ।