नेभिगेशन
समाज

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

काठमाडौँ । माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा चाकुको माग यस वर्ष दोब्बरले बढेको उत्पादकहरूले बताएका छन् । ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ । उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी बनाइने चाकु माघे सङ्क्रान्तिमा विशेष रूपमा सेवन गरिने परम्परागत परिकार हो। चन्द्र पात्रोअनुसार दशौँ महिनाको पहिलो दिन पर्ने यस पर्वमा चाकु खाने परम्परा छ। सुरेन्द्रले भने ‘चाकु खायो भने चिसो भाग्छ भन्ने विश्वासका कारण यतिबेला चाकुको माग सधै बढी हुन्छ’ । अन्य समयमा त यतिबेला बनाउने चाकुको पाँच प्रतिशत चाकु पनि बन्दैन । चाकु उत्पादन प्रक्रियामा खाँड पगाल्ने, निरन्तर चलाउने, माटोका भाँडामा चिस्याउने र त्यसपछि पिट्ने, तान्ने तथा थपथपाउने काम गरिन्छ । यस प्रक्रियाले चाकुलाई गाढा रङ दिन्छ। अन्त्यमा तौल गरी नरिवल राखेर प्याक गरिने चाकु तयार हुन करिब दुईदेखि तीन घण्टा समय लाग्ने उत्पादकहरू बताउँछन् । पर्व नजिकिँदै जाँदा पाटनका कारखानाहरूमा चाकु बनाउने काम तीव्र बनेको छ भने बजारमा यसको माग पनि बढ्दो क्रममा रहेको छ। तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

chaku10-1767766290.png

Ncell
Extreme Energy

chaku9-1767766286.png

chaku8-1767766285.png

chaku6-1767766281.png

chaku3-1767766272.png

chaku-tayar-1767766264.png

chaku-1767766266.png

chaku4-1767766277.png

chaku5-1767766278.png

chaku1-1767766268.png

CHAKU2-1767766270.png

chaku7-1767766281.png

chaku-banaudai-1767766256.png

chaku-banaudai1-1767766256.png

chaku-banaudai2-1767766260.png

chaku-paykgaridai-1767766261.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।