नेभिगेशन
मुख्य समाचार

भोजपुर–सङ्खुवासभा जोड्ने अरुण नदीमा पुल नहुँदा नागरिकलाई सास्ती(तस्बिरहरू)

काठमाडौँ । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ । वैकल्पिक रूपमा २०७६ सालदेखि फेरी सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढेपछि फेरी पटक–पटक बन्द हुने गरेको छ । बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य छन् । पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । स्थानीयवासीका अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि भए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन । हिउँदको समयमा बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। फेरीले तत्कालका लागि केही राहत दिए पनि दीर्घकालीन समाधान नभएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पटक पटक बताउँदै आएका छन्। उनका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्ररी

sawari-tardai-1767851078.png

CG

sawari-tardai-kistima-1767851077.png

kisti-1767851075.png

kisti-ma-sawari-1767851072.png

khola-tardai-bus1-1767851063.png

khola-tardai1-1767851067.png

jhokhim-ma-bus-1767851059.png

BUS-1767851059.png

khola-tardai-1767851067.png

kisti-ma-sawari1-1767851072.png

khola-tardai-bus-1767851062.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन(तस्बिरहरु)

आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी बौद्धमा प्रदर्शन(तस्बिरहरु)

बौद्धमा प्रदर्शनीमा राखिएको ट्रफीसँग फोटो खिच्नको लागि मानिसहरूको भीड लागेको थियो । भारत र श्रीलंकामा हुने टी–२० विश्वकप क्रिकेटको ट्रफी सोमबारदेखि नेपालका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।
माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

माघे सङ्क्रान्ति नजिकिँदै गर्दा परम्परागत चाकु उत्पादकहरू ब्यस्त(तस्बिरहरु)

ललितपुरस्थित पाटनमा परम्परागत चाकु उत्पादन गर्ने सुरेन्द्र जोशीका अनुसार पर्वको रौनकसँगै बजारमा माग तीव्र बनेपछि कारखानामा उत्पादन चाप बढेको छ। उखुको रस, खाँड, घ्यू र नरिवल प्रयोग गरी...
चितवनको नारायणी किनारमा दुर्लभ एकसिंगे गैंडा (तस्बिरहरु)

चितवनको नारायणी किनारमा दुर्लभ एकसिंगे गैंडा (तस्बिरहरु)

नारायणी नदी किनारमा विरैले देखिने गैंडाको दृश्य कैद भएको छ । एक भाले, एक आमा गैंडा र उनको बच्चासँगै नदी किनारमा घुमिरहेका थिए । त्यसबीच प्रकृतिमा रम्दै भाले...
अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

अमेरिकी सैन्य हस्तक्षेप विरुद्ध दूतावास नजीकै विद्यार्थी संगठनको प्रदर्शन(तस्बिरहरु)

भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र हस्तक्षेपको विरोधमा संयुक्त विद्यार्थी संगठनले आइतबार महाराजगन्जस्थित अमेरिकी दूतावास अगाडि काठमाडौँमा प्रदर्शन गरेका हुन ।