नेभिगेशन
समाज

सडक दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ सुरु(तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ को शनिबार एक विशेष समारोहका बीच भव्य शुभारम्भ गरिएको छ । सडक दुर्घटना कम गर्ने र आम नागरिकमा ट्राफिक सचेतना फैलाउने उद्देश्यले यो अभियान सुरु गरिएको हो । शनिबार बिहान काठमाडौँको ऐतिहासिक क्षेत्र वसन्तपुर कुमारीघर वसन्तपुरबाट सुरु भएको सचेतनामूलक र्‍याली नगरका विभिन्न भाग परिक्रमा गर्दै रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगेर समापन भएको थियो । जनचेतनामूलक नारा र प्लेकार्ड कार्यक्रममा प्रहरी अधिकारीहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू र सरोकारवाला निकायहरूको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरूले हातहातमा ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड र ब्यानरहरू बोकेका थिए । र्‍यालीम ‘ट्राफिक नियम मिचेकोमा गर्व होइन, लाज मान्ने गरौँ’,  ‘मापसे गरी सवारी साधन नचलाऔँ’, ‘लेनको पालना गरौँ’ जस्ता सन्देशमूलक नाराहरू प्रस्तुत गरिएका थिए । सडक सुरक्षा साझा दायित्व समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सडक सुरक्षा केवल प्रहरीको मात्र जिम्मेवारी नभई हरेक नागरिकको नागरिक दायित्व भएको बताए । उनले सवारी नियमको पूर्ण पालनाले मात्रै सडकमा हुने मानवीय र भौतिक क्षति कम गर्न सकिनेमा जोड दिए । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले सप्ताहभर उपत्यकाका विभिन्न चोक र सार्वजनिक स्थलहरूमा सचेतनामूलक कार्यक्रमहरू, चालक(सहचालक लक्षित प्रशिक्षण र अन्तर्क्रिया सञ्चालन गरिने जानकारी दिएका थिए । यो विशेष अभियानले उपत्यकाको यातायात व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ । तस्बिरहरुः नेपाल फोटो लाइब्ररी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

traffice-saptaha16-1768025768.png

Ncell
Extreme Energy

traffice-saptaha17-1768025768.png

traffice-saptaha15-1768025764.png

traffice-saptaha14-1768025762.png

traffice-saptaha10-1768025755.png

traffice-saptaha11-1768025757.png

traffice-saptaha12-1768025758.png

traffice-saptaha13-1768025761.png

traffice-saptaha9-1768025753.png

traffice-saptaha8-1768025751.png

traffice-saptaha7-1768025749.png

traffice-saptaha6-1768025747.png

traffice-saptaha1-1768025737.png

traffice-saptaha4-1768025742.png

traffice-saptaha3-1768025742.png

traffice-saptaha5-1768025746.png

traffice-saptaha2-1768025737.png

student1-1768025732.png

traffice-saptaha-1768025732.png

stat-police-1768025727.png

APF-police-1768025724.png

public-1768025724.png

student-1768025727.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...