नेभिगेशन
समाज

ब्रिटिश कलेज विवाद लुकाउन कलेज र आन्दोलनकारी जेनजी विद्यार्थीबीच पैसाको बार्गेनिङ (अडियो)

काठमाडौँको थापाथलीमा रहेको ब्रिटिश कलेजमा जारी विवाद मिलाउन कलेज र आन्दोलनरत विद्यार्थीबीच बार्गेनिङ भइरहेको खुलेको छ। कलेजले ठगी गरेको भन्दै केही पूर्व र हालका विद्यार्थीहरू एक महिना देखि आन्दोलित छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलन चर्किएर विद्यार्थी तथा अविभावकले कलेज तोडफोड गर्ने देखि सञ्चालकरूलाई कारबाही गर्न भन्दै उक्त विवाद शिक्षा मन्त्रालयसम्म पु¥याएका थिए । 

Marvel
Extreme Energy

लामो समय देखिको आन्दोलनले कलेजको पठन पाठन ठप्प छ । आन्दोलनरत विद्यार्थीहरूले न्यायको अनुभुति पनि गरेका छैनन्  भने कलेजको ख्यातिमा पनि धक्का लागेको छ। 

तर, यही मौकामा ठगी आरोपमा मुछिएको कलेज र ठगी गरेको आरोप लगाउँदै आन्दोलन गरिरहेका कलेजका पूर्वविद्यार्थी बीच मोटो रकम लेनदेन गरेर घटना सामसुम बनाउन लागेको खुलेको छ ।

जसमा आन्दोलन गरेकाहरूको तर्फबाट पूर्वविद्यार्थी विवेक ढकाल र कलेजकातर्फबाट सञ्चालक राजन कँडेल रकम लेनदेनको प्रस्तावमा सहभागी भएको सिधाकुरालाई प्राप्त अडियोमा सुनिन्छ ।

कलेजसँग रकम बार्गेनिङ गरेको आरोपमा कलेजले जाहेरी दिए पछि ढकाललाई काठमाडौँ प्रहरीले पक्राउ समेत गरेको छ । तर, सिधाकुरालाई प्राप्त अडियोमा रकम बार्गेनिङ गर्ने विवेक र कलेजका सञ्चालक कँडेल दुुवै जना बार्गेनिङका लागि पूर्वतयारी गरेर छलफलमा बसेको सुनिन्छ । 

कलेजका सञ्चालक कँडेलले नै नियोजित रुपमा रेकर्ड गरेको उक्त अडियोमा उनले घटना मिलाउने दाबी गरेका पूर्वबिद्यार्थी ढकालसँग रकम दिए पछिको योजना माग गरेको अडियोमा सुनिन्छ। 

यस्तै, ति पूर्वविद्यार्थी ढकालले पनि पैसा दिए । अझ छिट्टै दिए सबै कुरा मिल्ने नत्र कलेजमा ताला लगाउने अवस्था आउने धम्की दिएको सुनिन्छ। उक्त अडियोमा कलेजमा चलिरहेको विवाद मिलाउन र सञ्चार माध्यममा प्रकाशित भएको समाचार हटाउन कलेज सञ्चालक कँडेल रकम दिन तयार रहेको देखिएका छन् भने जेनजीका नाममा विवेक ढकालले कलेजले पैसा दिए सबै कुरा मिल्ने भन्दै पैसा मागेको सुनिन्छ। 

अडियोमा पूर्वविद्यार्थी ढकालले यो कुराकानी गर्दाको बखत कमलादीमा रहेको बताएका छन् । यस्तै, उनले कलेजको समस्या उजागर गरिदिएकी प्रियँका नाम गरेकी युवती पनि पैसा दिए मिल्ने कुरा गरेको अडियोमा सुनिन्छ। 

तर, कलेज सञ्चालक कँडेलले पैसा दिए सबै समस्या समाधान हुने कुराको ग्यारेन्टी ति पूर्वविद्यार्थी ढकालसँग माग गरेको सुनिन्छ। 

कलेज सञ्चालक कँडेल र आन्दोलित मध्येका एक पूर्वविद्यार्थी विवेक कँडेल बीच भएको रकम लेनदेनको सिधाकुरालाई प्राप्त अडियो जस्ताको त्यस्तै यहाँ प्रकाशित गरिएको छ ।    

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

दाङका ८ भूमिहिन परिवारले पाए लालपुर्जा

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेसँगै उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्।
बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात अपडेटः एक जनाको उद्धार, एकको खोजी जारी

प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडीमा पुर्‍याइएको बताए । उनका अनुसार ती युवकको स्वास्थ्य अवस्था भने सामान्य छ ।
मनोहरा नदीमा पानीको बहाव उच्च

मनोहरा नदीमा पानीको बहाव उच्च

सम्भावित जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २१ गण ललितपुर दक्षिणकाली आवश्यक तयारीसहित परिचालनका लागि तयारी अवस्थामा रहेको छ ।
बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात, दुई जना पर्यटक सम्पर्कविहीन

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजी घर भएका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ बस्ने २१ वर्षीय सागर...