नेभिगेशन
समाज

ब्रिटिश कलेज विवाद लुकाउन कलेज र आन्दोलनकारी जेनजी विद्यार्थीबीच पैसाको बार्गेनिङ (अडियो)

काठमाडौँको थापाथलीमा रहेको ब्रिटिश कलेजमा जारी विवाद मिलाउन कलेज र आन्दोलनरत विद्यार्थीबीच बार्गेनिङ भइरहेको खुलेको छ। कलेजले ठगी गरेको भन्दै केही पूर्व र हालका विद्यार्थीहरू एक महिना देखि आन्दोलित छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आन्दोलन चर्किएर विद्यार्थी तथा अविभावकले कलेज तोडफोड गर्ने देखि सञ्चालकरूलाई कारबाही गर्न भन्दै उक्त विवाद शिक्षा मन्त्रालयसम्म पु¥याएका थिए । 

Ncell
Extreme Energy

लामो समय देखिको आन्दोलनले कलेजको पठन पाठन ठप्प छ । आन्दोलनरत विद्यार्थीहरूले न्यायको अनुभुति पनि गरेका छैनन्  भने कलेजको ख्यातिमा पनि धक्का लागेको छ। 

तर, यही मौकामा ठगी आरोपमा मुछिएको कलेज र ठगी गरेको आरोप लगाउँदै आन्दोलन गरिरहेका कलेजका पूर्वविद्यार्थी बीच मोटो रकम लेनदेन गरेर घटना सामसुम बनाउन लागेको खुलेको छ ।

जसमा आन्दोलन गरेकाहरूको तर्फबाट पूर्वविद्यार्थी विवेक ढकाल र कलेजकातर्फबाट सञ्चालक राजन कँडेल रकम लेनदेनको प्रस्तावमा सहभागी भएको सिधाकुरालाई प्राप्त अडियोमा सुनिन्छ ।

कलेजसँग रकम बार्गेनिङ गरेको आरोपमा कलेजले जाहेरी दिए पछि ढकाललाई काठमाडौँ प्रहरीले पक्राउ समेत गरेको छ । तर, सिधाकुरालाई प्राप्त अडियोमा रकम बार्गेनिङ गर्ने विवेक र कलेजका सञ्चालक कँडेल दुुवै जना बार्गेनिङका लागि पूर्वतयारी गरेर छलफलमा बसेको सुनिन्छ । 

कलेजका सञ्चालक कँडेलले नै नियोजित रुपमा रेकर्ड गरेको उक्त अडियोमा उनले घटना मिलाउने दाबी गरेका पूर्वबिद्यार्थी ढकालसँग रकम दिए पछिको योजना माग गरेको अडियोमा सुनिन्छ। 

यस्तै, ति पूर्वविद्यार्थी ढकालले पनि पैसा दिए । अझ छिट्टै दिए सबै कुरा मिल्ने नत्र कलेजमा ताला लगाउने अवस्था आउने धम्की दिएको सुनिन्छ। उक्त अडियोमा कलेजमा चलिरहेको विवाद मिलाउन र सञ्चार माध्यममा प्रकाशित भएको समाचार हटाउन कलेज सञ्चालक कँडेल रकम दिन तयार रहेको देखिएका छन् भने जेनजीका नाममा विवेक ढकालले कलेजले पैसा दिए सबै कुरा मिल्ने भन्दै पैसा मागेको सुनिन्छ। 

अडियोमा पूर्वविद्यार्थी ढकालले यो कुराकानी गर्दाको बखत कमलादीमा रहेको बताएका छन् । यस्तै, उनले कलेजको समस्या उजागर गरिदिएकी प्रियँका नाम गरेकी युवती पनि पैसा दिए मिल्ने कुरा गरेको अडियोमा सुनिन्छ। 

तर, कलेज सञ्चालक कँडेलले पैसा दिए सबै समस्या समाधान हुने कुराको ग्यारेन्टी ति पूर्वविद्यार्थी ढकालसँग माग गरेको सुनिन्छ। 

कलेज सञ्चालक कँडेल र आन्दोलित मध्येका एक पूर्वविद्यार्थी विवेक कँडेल बीच भएको रकम लेनदेनको सिधाकुरालाई प्राप्त अडियो जस्ताको त्यस्तै यहाँ प्रकाशित गरिएको छ ।    

 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०७२ सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...
सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

सानीभेरीमा जिप दुर्घटना,दुईको मृत्यु नौ जना घाइते

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । उनले घटनालगत्तै प्रहरी घटनास्थलमा पुगेको बताउँदै आफ्नो नेतृत्वको टोली पनि...
भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

भोटेकोशी बाढीः शव पहिचानमा प्रहरीका तीन उपाय, भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञ पनि नेपालमा

मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्ने विशेषज्ञ चिकित्सकको भनाइ छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाइन्छ । धुलोलाई विशेष केमिकलमा...
‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

‘सुरुङबाट चिनियाँको उद्धारपछि भाइहरू पनि भेटिनेमा आशावादी थियौँ, अब आशा पनि मरिसक्यो’

बाढीपछि बेपत्ता भएका आफन्तहरूको खोजीका लागि रसुवा पुगेका महतारा र बोहरा आफन्तको कुनै पनि खबर नपाएपछि यही भदौ २५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली फर्किएका छन् । जुम्लाको...