नेभिगेशन
समाज

पौवादुङमाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाको दीर्घकालीन प्रशासनिक संरचना सुदृढ बनाउने लक्ष्यसहित निर्माण भइरहेको प्रशासनिक भवनको काम अन्तिम चरणमा पुगेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्म भवन निर्माणको भौतिक प्रगति करिब ७० प्रतिशत र आर्थिक प्रगति ५४ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको प्रशासनिक सेवा एकै स्थानबाट प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले आर्थिक वर्ष २०८०/८१ बाट भवन निर्माण सुरु गरिएको हो । भवन निर्माणमा गाउँपालिकाको ४० प्रतिशत र सङ्घीय सरकारको ६० प्रतिशत लगानी रहेको छ ।

Ncell
Extreme Energy

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार संरचनागत काम अधिकांश सम्पन्न भइसकेको छ । प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ, भौतिक प्रगति ७० प्रतिशत हाराहारी पुगेको छ र बाँकी काम पनि सम्झौता अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ । गाउँपालिका अध्यक्ष किरण राईले प्रशासनिक भवनको कुल लागत रु छ करोड ८० लाख रहेको जानकारी दिए ।

चारतले उक्त भवनमा २४ वटा प्रशासनिक कोठा र १६ वटा व्यावसायिक सटर निर्माण गरिएको छ । सटर सञ्चालनबाट गाउँपालिकालाई आन्तरिक आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ । नयाँ भवन निर्माणपछि हाल अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएका प्रशासनिक सेवा एउटै छानामुनि ल्याइनेछ । यसले सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्राप्त गर्न सहयोग पुग्ने गाउँपालिकाको विश्वास छ ।

साथै कर्मचारीलाई पनि सुरक्षित र व्यवस्थित कार्य वातावरण उपलब्ध हुनेछ । भवन निर्माणको सम्झौता अवधि २०८३ साल असार मसान्तसम्म रहेकाले निर्धारित समयभित्रै काम सम्पन्न गर्नेगरी निर्माणकार्यलाई तीव्रता दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धि गर्दै सुशासन प्रवर्द्धनमा नयाँ प्रशासनिक भवनले महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरमा किन जल्यो बस ?

काठमाडौँको त्रिपुरेश्वरस्थित सडकमा अचानक एउटा बसमा आगलागी भएको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

आगामी असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

नयाँ प्रणालीबाट लाइसेन्स छाप्न सुरू

पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा सवारी चालक अनुमतिपत्र छापेर वितरणका लागि हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाइएको छ।
२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

२२ वर्षदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना फेरि अघि बढाइँदै

दुई दशकभन्दा लामो समयदेखि रोकिएको धुलिखेल एकीकृत जग्गा विकास आयोजना पुनः कार्यान्वयनको प्रक्रियामा अघि बढाइएको छ।