नेभिगेशन
समाज

निर्वाचन प्रहरी भर्नाः तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ । बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप गर्दा पनि माग अनुसारको आवेदन आउन सकेको छैन । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका जिल्लामा एक हजार २९८ जना नेपाल प्रहरीतर्फ र १८९ जना सशस्त्र प्रहरीबाट गरी कूल एक हजार ४८७ जना माग गरिएको थियो । तर हालसम्म नेपाल प्रहरीबाट एक हजार ४८ र सशस्त्र प्रहरीबाट तीन जना गरी एक हजार ५१ जनाको मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । हालसम्म पुरुष ८२३ जना र महिला २२८ जनाले आवदेन दिएको उनको भनाइ छ ।
 
गत पुस २४ गतेदेखि माघ १ गतेसम्म दरखास्त आह्वान गरिको थियो । उक्त समय अवधिमा माग अनुसार दरखास्त नआएपछि थप माघ २ र ३ गते दुई दिन थप गरिएको प्रहरी उपरीक्षक भारतीले बताए । माग अनुसारको आवेदन पूरा हुनका लागि अझै ४३६ जना आवश्यक रहेको उनकाे भनाइ छ । 

Ncell
Extreme Energy

मागअनुसारको आवेदन नआएपछि तेस्रो पटक आइतबारसम्मलाई आवेदन दिन म्याद थप गरेको छ । आवेदकहरूलाई सहज होस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय बागलुङसहित इलाका प्रहरी कार्यालय बुर्तिबाङ र गलकोटबाट पनि आवेदन दिन सकिने उनी बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

बाढीले खोसेको रक्षाबन्धन : मोबाइलमा फोटो, शवगृहमा पर्खाइ

एम्बुलेन्सको ओहोरदोहोर बाक्लो छ । शव ओसार्न भ्याइनभ्याइ छ । रसुवा बाढीमा परेर हराएकाहरु चितवनको नारायणी किनारमा भेटिइरहेका छन् । नारायणीमा भेटिएका शव भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग...
रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

रसुवा, नुवाकोट र धादिङमा बाढीले प्रभावित एनसेलको २७ मध्ये १४ टावर सञ्चालनमा

विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो । ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै...
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।