नेभिगेशन
समाज

कावासोतीको शान्त र हरियो परिवेशभित्र जटायु भल्चर रेस्टुरेन्ट(तस्बिरहरु)

काठमाडौँ । कावासोतीको शान्त र हरियो परिवेशभित्र जटायु भल्चर रेस्टुरेन्ट समुदायमा–आधारित गिद्ध संरक्षणको एक प्रभावकारी उदाहरण हो । यस केन्द्र स्थानिय समुदाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यबाट सञ्चालन हुँदै आएको छ, जहाँ संरक्षणको जिम्मेवारी सबैले मिलेर वहन गरिरहेका छन् । यो कार्यक्रम बर्ड कन्जर्भेसन नेपालको राष्ट्रिय नेतृत्व तथा बर्डलाइफ इन्टरनेशनलको अन्तर्राष्ट्रिय सहयोगमा अगाडि बढाइएको हो । स्थानीय समुदायको सक्रिय सहभागितासँगै यी संस्थाहरूले गिद्धहरूका लागि सुरक्षित आहार, आश्रय र दीर्घकालीन संरक्षण रणनीतिमा काम गर्दै आइरहेका छन् । छिमेकी गाउँहरूमा मरेका घरपालुवा पशुहरूको सूचना गाउँलेहरूले दिन्छन् । त्यसपछि जटायुका अधिकारीहरूले ती पशुहरूको जाँच गर्छन्–डाइक्लोफेनाक तथा अन्य विषाक्त पदार्थको उपस्थिति छ कि छैन भनेर चेकजाँच पश्चात्मात्र ती पशुहरू जटायु भल्चर रेस्टुरेन्टमा ल्याएर गिद्धहरूलाई खुवाउनले गरिएको छ । यो सुरक्षित र वैज्ञानिक प्रक्रियाले गिद्धहरूको अकस्मात् मृत्यु घटाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ । यस केन्द्र समुदाय–नेतृत्वमा सञ्चालित संरक्षण अभियान हो, जहाँ स्थानीय मानिसहरू, संरक्षणकर्मी र संस्थाहरू एउटै उद्देश्यका साथ काम गरिरहेका छन् । यस किसिमको सहकार्यले कावासोतीलाई नेपालमा गिद्ध संरक्षणको एक महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गरेको छ । नेपाल विश्वमै चराको जैविक विविधताका लागि चिनिन्छ, जहाँ करिब ९०० प्रजातिका चराहरू पाइन्छन् । तिनैमध्ये, जटायु भल्चर रेस्टुरेन्ट वरपरको क्षेत्रमा मात्र झण्डै ८० प्रजातिका चराहरू अभिलेख भइसकेका छन्। यसले यो क्षेत्रको पारिस्थितिक महत्वलाई स्पष्ट रूपमा देखाउँछ । यहाँ पाइने धेरै चराहरू नेपालका स्थायी बासिन्दा मात्र होइनन्, विभिन्न देश र विश्वका अन्य भू–भागबाट जाडोयाम बिताउन आउने प्रवासी (विन्टरिङ) चराहरू पनि हुन् । यस्ता चराहरूका लागि कावासोतीको यो क्षेत्र सुरक्षित बासस्थान र आहार स्रोत बनेको छ । जटायु भल्चर रेस्टुरेन्ट पर्यटक तथा वन्यजन्तु फोटोग्राफरहरूका लागि पनि एक विशेष अनुभव हो । यहाँ नजिकै बनाइएको फोटो हाइडबाट गिद्धहरूलाई उनीहरूको प्राकृतिक व्यवहारसहित निकै नजिकबाट अवलोकन गर्न सकिन्छ । यो क्षेत्र विभिन्न गिद्ध प्रजातिहरूको आश्रयस्थल हो । राजगिद्ध, खैरो गिद्ध, हिमाली गिद्ध र डाङ्गोर गिद्धको उपस्थितिले यहाँको जैविक विविधता र संरक्षण मूल्यलाई अझ मजबुत बनाएको छ । जटायु भल्चर रेस्टुरेन्ट केवल एक फिडिङ साइट मात्र होइन ? यो समुदाय, संस्था र प्रकृतिबीचको सह–अस्तित्वको जीवन्त कथा हो–जहाँ सचेत प्रयासले गिद्धहरू मात्र होइन, सम्पूर्ण चराजगत् र पारिस्थितिक प्रणालीलाई संरक्षण गर्ने बाटो देखाएको छ । तस्बिरः दृष्टान्त बिडारी र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

gidda-sainrakshan6-1770271965.jpg

Ncell
Extreme Energy

gidda-sainrakshan4-1770271963.jpg

gidda-sainrakshan5-1770271963.jpg

gidda-sainrakshan2-1770271962.jpg

gidda-sainrakshan1-1770271961.jpg

gidda-sainrakshan-1770271961.jpg

gidda-sainrakshan3-1770271962.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।

भर्खरै