नेभिगेशन
सबै कुरा

सामान्य अङ्कले घट्यो नेप्से परिसूचक

१२ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ०५ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ अङ्कमा कायम भएको छ ।

आज दुई सय ७८ कम्पनीको ४० लाख छ हजार सात सय ३९ कित्ता शेयर २९ हजार छ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम रु ८६ करोड ५१ लाख २० हजार चार सय ५२ मा खुम्चिएको छ ।

लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ । लगानी समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा पाँच दशमलव ६१ र व्यापार शून्य दशमलव ८० अङ्कले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५० दशमलव ०१ र होटल तथा पर्यटन ३५ दशमलव ५८ अङ्कले घटेका छन् । 

त्यस्तै, बैङ्किङ दुई दशमलव १९, विकास बैङ्क २१ दशमलव १७, वित्त चार दशमलव ८८, जलविद्युत् ११ दशमलव ४१, उत्पादन तथा प्रशोधन ३१ दशमलव ४२, लघुवित्त शून्य दशमलव ६० र अन्य समूह तीन दशमलव १२ अङ्कले घटेको छ ।

आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता चार दशमलव ८३ प्रतिशतले घटेको छ ।

कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे  बैंक लिमिटेडको रु तीन करोड ६२ लाख दुई हजार छ सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको चार लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२६ अङ्कले घट्यो नेप्से परिसूचक

२६ अङ्कले घट्यो नेप्से परिसूचक

आज ३२३ कम्पनीको एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ७८ हजार २२६ पटक खरिदबिक्री हुँदा रू छ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७...
नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब २१ करोड एक लाख ४२ हजार...
बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो

सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले रु आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब ऋण लगानी गर्ने भएका छन्। साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट...
नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

नेप्से परिसूचक उकालो लाग्दा आठ अर्ब ५३ करोडको कारोबार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक १८ दशमलव ३० अङ्कले उकालो लागेर दुई हजार ८५० दशमलव ३७ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ...

भर्खरै