नेभिगेशन
सिधाकुरा विशेष
सम्पादकीय:

प्रविधिको गलत व्याख्या नगर, दुरुपयोग नगर

मान्छेले आफैंलाई सहयोग गर्न आविष्कार गरेको हो– प्रविधि। प्रविधिको आविष्कार र विकासले मानव जीवनलाई सहज बनाएको छ। यसले व्यक्तिगत जीवनलाई सहज त बनाएको छ नै, संस्था, समुदाय र सरकारलाई पनि सहयोग पुर्याएको छ। नयाँ सिर्जनामा होस् वा सेवा प्रवाहमा प्रविधिले सबैलाई सहयोग गरेको छ, साथ दिएको छ।

जब इन्टरनेटको आविष्कार भयो, यसले संसारलाई नै एउटा सानो गाउँमा परिणत गरिदियो। संसारको एउटा कुनामा बसेर संसारका जुनसुकै ठाउँका घटनाक्रम थाहा पाउन मात्रै होइन, प्रत्यक्ष हेर्न र सुन्न पनि पाइन्छ। सहर होस् कि दूरदराज, सबैतिर यो सुविधा पुगेको छ। इन्टरनेटको सबैभन्दा पछिल्लो उपज हो– एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स। जे सोध्यो– त्यही बताइदिन्छ, जे भन्यो– त्यही बनाइदिन्छ। त्यसैले पनि पछिल्लो समय एआई सबैसँग परिचित छ। सबैको मुखमा झुण्डिएको छ– एआई। एआईले हाम्रो दैनिकीमा सघाएको छ। यसले हाम्रो कामलाई सहज बनाएको छ। उपयोग गर्न जान्दा यो हाम्रै सहयोगी हो। तर, अचेल यसको दुरुपयोग फस्टाएको छ। अनि, दुरुपयोग फस्टाएको छ भन्ने नाममा यसको गलत व्याख्या भइरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेनजी आन्दोलनका क्रममा कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड भयो, आगजनी भयो। देउवा निवासमा भेटिएको पैसा(नोटहरु) आन्दोलनकारीले बाहिर निकाले, कति जलाए, कति त्यसै छाडे। त्यो दृष्य क्षणभरमै इन्टरनेटमा छ्यापछ्याप्ती भयो, ‘भाइरल’ भयो। तर, स्वयं देउवा, उनको पार्टी कांग्रेस अनि कांग्रेस नेताहरुले त्यसलाई स्वीकार गर्न सकेनन्, त्यहाँ भेटिएको र जलाइएको पैसाको दृष्यलाई एआईले बनाएको हो भनिदिए। देउवा र उनको पार्टीले त भन्यो नै, केही दिनअघि एमाले अध्यक्ष केपी ओलीले समेत उक्त दृष्यलाई एआईले बनाएको हो भनिदिए।

Ncell
Extreme Energy

के देउवा, कांग्रेस र ओलीले भनेको साँचो हो? साँचो हो भने त्यहाँबाट संकलन गरिएका जलेका नोटका टुक्रा के हुन्? राष्ट्र बैंकले सुरक्षित राखेका ती पैसाका विवरण पनि एआईले बनाइदिएका हुन्? अनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, सीआईबी लगायत राज्यका आधिकारिक निकायले अनुगमनका क्रममा भेटेका दृष्य के हुन्? के यसको जवाफ देउवा र ओलीहरुसँग छ?

हो, एआईको दुरुपयोग बढेको छ। केही गलत नियत भएकाहरुले यसको दुरुपयोग गरिरहेका छन्। कसैको चरित्र हत्या गर्न, कसैलाई खुइल्याउन अनि कोही सज्जन देखिन एआईको दुरुपयोग भइरहेको छ। यसरी दुरुपयोग भइरहेको छ भनेर सत्य र तथ्यलाई पनि बंग्याएर एआईलाई दोषारोपण गर्न मिल्छ र? हिजोआज इन्टरनेटमा भेटिने फोटो वा भिडियो, कुन सही हो कुन एआईले बनाएको हो भनेर छुट्याउन सकिन्छ। यदि कसैलाई छुट्याउन गाह्रो भयो भने पत्ता लगाउने विधि पनि छ। तर, त्यो विधि उपयोग नै नगरी लहैलहैमा तथ्यलाई एआई भनिदिएर यसको गलत व्याख्या गर्न मिल्छ र?

हाम्रो आग्रह छ– एआईको गलत व्याख्या पनि नगरौं, दुरुपयोग पनि नगरौं। यसलाई सदुपयोग गरौं। प्रविधि हाम्रै लागि आविष्कार गरिएको हो। यसको सही व्याख्या र सदुपयोग गर्न सकियो भने यसले हामीलाई सहयोग गर्छ, अन्यथा हाम्रै सहयोगका लागि आविष्कार गरिएको प्रविधिले हामीलाई नै हानी पुर्याउँछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

बालेनले लेखे भोटेकोसी बाढी प्रभावितका लागि सरकारले गरिरहेको २० काम!

सरकारले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको छ।...
सहकारी ठगी मुद्दामा  इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर

प्रतिवादी तामाङसँगै दुर्गाबहादुर संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, प्रविणप्रसाद प्रधान, केशवलाल श्रेष्ठ, रामकृष्ण पौडेल, सुमन नन्दन वैद्य, हयिरहरप्रसाद लामिछाने, मुकुन्दप्रसाद नेउपाने, दानहिरा तुलाधर, नगेन्द्र बिमली, रामराज मास्के, हरिप्रसाद...
नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

नेपाली सेनाले यसरी गरिरहेको छ बाढीमा फसेकाहरुको उद्धार

सेनाले खोजी तथा उद्धारलाई सहज बनाउन ड्रोन र सैनिक कुकुरको प्रयोग गरेको छ। उक्त कार्यका लागि रसुवा र नुवाकोटमा ४,२०० भन्दा बढी तथा नुवाकोटदेखि चितवनसम्म १,२०० भन्दा बढी...
सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

सरकारी कर्मचारीको १० दिनसम्मकाे पारिश्रमिक  उद्धार कोषमा जम्मा गरिने

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको क्षतिपश्चात् राहत तथा पुनःस्थापना कार्यमा राष्ट्रसेवकहरूका तर्फबाट योगदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो ।