नेभिगेशन
सिधाकुरा विशेष

दुई तिहाइको ‘दम्भ’ भत्काउन दुई तिहाइ !

संविधानको धारा–उपधारा देखाएर शक्तिशाली छौं भन्नेहरुको भागाभाग भयो। के त्यो अवस्था त्यसै आएको हो ? पक्कै होइन ।


काठमाडौँ। अघिल्लो संसदका दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि केपी ओली र शेरबहादुर देउवाले भनेका थिए– दुई तिहाईको सरकार बन्यो, कसैले यो सरकार भत्काउन सक्दैन।

संसदको अंकगणितले भत्काउनै नसक्ने ओली नेतृत्वको सरकारलाई भदौ २३ र २४ को जेनजी आन्दोलनले अपदस्थ गरिदियो । अवस्था यस्तो रह्यो कि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा बुझाउन शीतलनिवास पुग्न पनि सकेनन् । सेनाले उद्दार गरेर सुपारीटार ब्यारेक पुर्याउनु पर्यो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानको धारा–उपधारा देखाएर शक्तिशाली छौं भन्नेहरुको भागाभाग भयो। के त्यो अवस्था त्यसै आएको हो ? पक्कै होइन ।

Ncell
Extreme Energy

२०८१ असार १७ गते मध्यराति ७ बुँदे सहमति गरेर सत्तारोहण गरेका ओली र देउवाले सत्तामा रहुन्जेल आफैंले गरेको सहमति कार्यान्वयन गरेनन् । संविधान नै संशोधन गर्नेदेखि सयौं कानुन संशोधन गर्ने उनीहरुको बाचा कागजमै सीमित भयो ।

देउवाको ‘दरिलो’ साथमा शक्तिशाली सरकारको नेतृत्व गरेका ओली जसरी बालुवाटारबाट लखेटिनु परेको थियो, अहिले उनै ओली त्यसैगरी ‘जनमतबाट लखेटिनुपर्ने’ अवस्था आउँदै छ । झापा ५ मा मतगणना भइरहँदा रास्वपा उम्मेदवार बालेन शाहले लिइरहेको अग्रताले पनि त्यसलाई दर्शाउँछ ।

पछिल्ला ३ चुनावदेखि निरन्तर संसदमा रहिरहेका ओली सम्भवतः आगामी संसदमा देखिनै छैनन् । उनीमात्रै होइन, अघिल्लो संसदमा संख्या र संविधानका धाराहरुको दम्भ गर्ने थुप्रै पार्टीका थुप्रै नेता संसदमा नहुने संकेत देखिएको छ । ओलीका सारथि शेरबहादुर देउवा चुनावी ‘सिन’मै छैनन् । देशमा चुनाव चलिरहँदा देउवा त सिंगापुर पुगे भोटै नहाली । देउवालाई पार्टीबाट अपदस्थ गरेका नयाँ कांग्रेसका सभापति गगनकुमार थापा समेत संसद्मा नहुने सम्भावना बढ्दै गएको छ । २०७९ को चुनावपछि बिरालोले मुसा खेलाए झैं कहिले एमाले त कहिले कांग्रेसलाई खेलाउँदै डेढ वर्ष सत्तामा हालीमुहाली गरेका साविकको माओवादी अध्यक्ष अर्थात हालको नेकपा संयोजक प्रचण्ड संसदमा आउन सक्छन्, तर, यसअघि जस्तो उनको ‘जादु’ चल्ने छैन ।

अघिल्लो संसदका तीन वटै ठूला दल कांग्रेस, एमाले र नेकपालाई यो चुनावबाट एकैसाथ रसातलमा पुर्याइदिएको छ– अघिल्लो चुनावको नयाँ दल रास्वपाले । चुनावको पाँच महिनाअघि वैकल्पिक राजनीतिक दलका रुपमा नयाँ पार्टी बनाएका रवि लामिछानेले यो चुनावमा आफ्नो पार्टीलाई झन् नयाँ बनाइदिए– काठमाडौं महानगरका मेयर बालेन शाह लगायतलाई जोडेर । रास्वपाको क्रेज बढिरहेकै थियो, त्यसैमा थपिए बालेन ।

कांग्रेस र एमाले मिलेर यसअघि दुई तिहाइको दम्भ देखाएका थिए । यो चुनावमा जनताले उनीहरुको त्यो दम्भ चकनाचुर पारिदिए । बदलामा दुई तिहाइको त्यो शक्ति रास्वपालाई दिँदैछन्, रवि र बालेनलाई दिँदैछन् । सरसर्ती हेर्दा लाग्छ– जनताले कांग्रेस र एमालेको दुई तिहाइको दम्भ तोड्न रास्वपालाई दुई तिहाइ दिएका हुन् ।

जनताले रास्वपालाई दिएको यो मत मात्रै होइन, विश्वास हो । रास्वपाले मात्रै आफू, आफ्ना सन्तती र देशको भविष्य सम्हाल्न सक्छ भन्ने जनताको विश्वास हो । यो चानचुने विश्वास होइन, चानचुने जिम्मेवारी होइन । यो विश्वास जोगाउन र जिम्मेवारी निर्वाह गर्न रास्वपालाई सजिलो छैन । संसदीय अंकगणितले त उसलाई  ‘जे गर्न पनि’ दिन्छ । यसको अर्थ संविधान संशोधन गर्न, नयाँ कानुन बनाउन, सरकार सन्चालन गर्न कहीँ कतै उसलाई अवरोध हुने छैन । तर, जनताको अपेक्षाअनुसार काम संख्याले मात्रै सम्भव हुँदैन । विधिले हुन्छ, योजनाले हुन्छ । चुनावको अन्तिम नतिजा आउँदै गर्छ, त्यसअगावै विजय उन्माद नराखी आफ्नो योजना बनाउन रास्वपाले ढिला गर्नु हुँदैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।