नेभिगेशन
समाज

उपसभापतिको अभिव्यक्ति तोडमोड गरेर भ्रम फैलाइयो: रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्याल (डीपी) को भनाइलाई तोडमोड गरेर गलत प्रचार गरिएको रास्वपाले जनाएको छ । 

शनिवार सञ्चारकर्मीले सोधेको सङ्क्षिप्त पश्नको कुराकानीलाई तोडमोड गरेर प्रचार भएको सो पार्टीले जनाएको छ । बालेनलाई रास्वपाले प्रधानमन्त्री नबनाउने भनेको, बालेनलाई प्रधानमन्त्री बनाउने कुरामा चपाएर कुरा गरेको भनेर अहिले कतिपयले अर्यालको आलोचना गरिरहेका छन । तर, रास्वपाले भने उक्त प्रचारमा कुनै सत्यता नभएको बताएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शनिबार दिउँसो काठमाडौँमा केही पत्रकारहरूले उपसभापति अर्याललाई बालेन शाह ५ वर्ष प्रधानमन्त्री बन्छन् ? भन्दै प्रश्न गरेका थिए । जवाफमा अर्यालले पार्टीले यस अघि गरेको सम्झौताअनुसार नै सबै कुरा हुने जवाफ दिएका थिए । 

Ncell
Extreme Energy

तर, अभिव्यक्तिलाई आफू अनुकुल व्याख्या गरेर गलत अर्थ लगाइएको रास्वपाका एक नेताले सिधाकुरालाई बताए । ‘उपसभापति ज्यू, पछिल्लो दुई साता देखि चुनावमा खट्दा अनिदो र थकित हुनुहुन्छ । शनिबार एक जना सञ्चारकर्मीले एस नो शैलीमा पश्नमा जवाफ खोज्नु भएको रहेछ,’ ति नेताले सिधाकुरासँग भने,‘ सभापति ज्यूले सहमतिअनुसार नै सबै कुरा हुन्छन । हामी बल्ल त निर्वाचित हुँदैछौँ । नतिजा सबै नआइसकेका कारण नेता सबै भेला भएर कुरा गर्न त पाएका छैनौँ । पार्टीका शीर्षस्थ नेता छलफलमा बस्न पाएकै छैनौँ भनेको हो । तर, विपक्षीहरूले चुनाव हारेको झोकमा गलत हल्ला भिजाईदिएका छन् ।’ 

सुनौलो नेपाल नामक अनलाइनले फेसबुक पेजमा हालेको भिडियोअनुसार एक जना सञ्चारकर्मीले पहिलेको सहमतिअनुसार बालेन शाह ५ वर्ष नै प्रधानमन्त्री बन्छन् ? भन्दै प्रश्न गरेको देखिन्छ । जवाफमा अर्यालले ‘त्यो सम्झौतामा के लेखिएको छ मैले पनि एक पटक हेर्नुपर्छ । मलाई पनि सबै कण्ठ छैन् । तपाईंले भनको कुरा त्यहाँ लेखिएको छ भने त्यहाँ जे लेखिएको छ त्यही बमोजिम हुन्छ । ’

अर्याललाई सञ्चारकर्मीले थप प्रश्न गर्छन् ‘भनेपछि त्यो सम्झौताबाट एक इन्च पनि तलमाथि हुँदैन ?’ जवाफमा उपसभापति अर्याल थप्छन् ‘त्यो मैले तपाईंसँग बाचा गर्नु पर्ने आवश्यकता त मैले देख्दिन । त्यसकारण पार्टी निर्माण हुँदैछ । पार्टीमा निर्वाचित भएर नेताहरू आउनु हुन्छ । वरिष्ठ नेता ज्यू, सभापति ज्यू केन्द्रिय सहमति छ ।  त्यसपछि छलफल होला । त्यसपछि संसदीय दल बन्छ । त्यसपछि त्यहाँबाट हुँदैजाने निर्णयहरूलाई तपाईं हामीले मान्नु प¥यो ।’

गत माघ १३ गते रास्वपा र काठमाडौँ महानगरका मेयर बालेनबीच सहमति भएको थियो । सो सहमतिमा बालेनलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारीमा ल्याउँदै  रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने समझदारी बनाएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।