नेभिगेशन
समाज

रवि-बालेनलाई  भारतीय प्रधानमन्त्री मोदीकाे बधाई फोन

काठमाडाैँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरेर बधाई दिएका छन् । 

केहीबेर अघि समाजिक सञ्जाल एक्समार्फत उनले यो सम्बन्धि जानकारी दिएका हुुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र पार्टीका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग न्यानो टेलिफोन संवाद भयो,’ प्रधानमन्त्री मोदीले भनेका छन्, ‘नेपालको निर्वाचनमा प्राप्त गरेको विजयी नतिजा र राष्ट्रिय स्वतन्त्र पार्टीको उल्लेखनीय सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएको छु ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साथै, गठन हुन लागेको नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हाम्रो दुई देशबीचको साझा समृद्धि, प्रगति र जनकल्याणका लागि भारत नेपालसँग सहकार्य गर्न प्रतिबद्ध रहेको सन्देश दिएको छु।’

Ncell
Extreme Energy

मोदीले हाम्रो संयुक्त प्रयासबाट आगामी वर्षहरूमा भारत-नेपाल सम्बन्ध अझ उच्च उचाइमा पुग्नेमा आफू विश्वस्त भएको जानकारी पनि दुवै नेतालाई गराएको पनि जानकारी दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

विद्यालाई विधानमै नभएको वरिष्ठ नेताः फकाउन कि विरोधीलाई तर्साउन ?

ओलीको यो चलाखीलाई ओली पक्षका नेताहरुले प्रशंसा गरेका छन् भने कतिपयले ‘नेतृत्व परिवर्तनको मुद्दा उठाउनेलाई टाउकोमाथि तरबार राखेको अर्थमा पनि बुझेका छन् ।’
कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशनको नारा र लोगो

असोज १६ देखि १९ सम्म काठमाडौंमा हुने महाधिवेशनका लागि कांग्रेसले ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ नारा तय गरेको छ ।
एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

एमालेमा २० केन्द्रीय सदस्य मनोनीत, पोखरेलसहित ७ जना स्थायी समितिमा

नेकपा एमाले केन्द्रीय सदस्यमा २० नेता मनोनीत भएका छन् ।
विद्या भण्डारी एमाले वरिष्ठ नेता

विद्या भण्डारी एमाले वरिष्ठ नेता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरेका छन् ।