नेभिगेशन
समाज

राष्ट्रिय  जीवन बीमा कम्पनीमा ट्रेड युनियनको दादागिरी, सिईओको कार्यकक्षमा टेबल फोडाफोड

काठमाडौँ । राष्ट्रिय जीवन बीमा कम्पनीमा कर्मचारी ट्रेड युनियनका नेताहरुको दादागिरीको भिडियो सार्वजनिक भएको छ । 

आफूहरुको स्वार्थअनुसारको काम नगरेको भन्दै नेपाली काँग्रेस र नेकपा एमाले सर्मथक कर्मचारी संगठनका नेताहरुले प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा बितण्डा मच्चाएका हुुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कम्पनीको हित बिपरित गलत काम गर्न नमाने पछि ट्रेड युनियनका नेताहरुले आफ्नो कार्यकक्षमा धक्कामुक्की गरेको र टेबल तोडफोड गरेको कम्पनीका कार्यकारी प्रमुख (सिईओ) सुन्दर पन्थीले सिधाकुरालाई बताए । 

Ncell
Extreme Energy

‘यो घटना २५ गते सोमबारको हो । म कार्यकक्षमा थिएँ । कर्मचारीको सेवा सुविधा थप नगरेको विषयमा म र मेरो कार्यकक्षमा आक्रमण भयो’ सिइयो पन्थीले सिधाकुरासँग भने,‘कानुन र सरकारले नदिएको नाजायज सेवा सुविधा मैले दिन सक्दिन थिएँ र सकिन । म त्यसैको तारो भएँ ।’

सिइयो पन्थीकाअनुसार अधिवेसन समेत नगरेका र वैधानिकतामै प्रश्न रहेका युनियनका  अधिकारीहरुले आफू्नो कार्यकक्षा तोडफोड गरेको पनि उनले सिधाकुरालाई बताए । 

पन्थीकाअनुसार अडिटका पुराना फाइल केलाएर अघि बढाए पछि आक्रमण भएको छ । सिधाकुरालाई प्राप्त सिसिटिभी भिडियोअनुसार छलफल भइरहेको कार्यकक्षमा छिरेका ट्रेड युनियनका नेताले टेबल तोडफोड गरेको देखिन्छ । 

सिसिटिभी फुुटेजमा आवाज नसुनिए पनि त्यहाँ गालीगलौज समेत भएको भएको सिईयो पन्थीले बताए । 

घटनामा संलग्न को को ? 

स्रोतकाअनुसार कम्पनीका अफिसर केशव बजगाईं, सहायक स्तरका कर्मचारी श्रवणकृष्ण श्रेष्ठ, अफिसर विशाल तिमल्सिना, नेपाली काँग्रेस सर्मथित ट्रेडयुनियनका नेता अर्जुन पराजुली सो घटनामा संलग्न थिए । 
सो तोडफेड स्थलमा कम्पनीका डिसिइयो महेश रिमाल र कम्पनी सचिव भोलानाथ घिमिरे पनि थिए । तर, उनीहरुको भूूमिका के थियो भन्ने स्पष्ट खुुलेको छैन् । 

घटनाबारे जानकार एक कनिष्ट कर्मचारीले सिधाकुरासँग कुरा गर्दै सबै जना मिलेर सिइयो पन्थीमाथि दुव्र्यवहार भएको हो ।

घटनामा संलग्न मध्येका एक बिशाल तिमल्सिनाले सिधाकुरासँग कुरा गर्दै यो बारेमा धेरै टिप्पणी गर्न जरुरी नभएको बताए । 

‘ट्रेड युनियनको विषयमा कुरा भएको हो । यसबारे अहिले म बोल्न सक्दिन । पछि कुरा गरौँला ।’

घटनाबारे छोटोमा भए पनि कुरा गरौँ न भन्दा उनले अर्को एक नम्बरमा अर्जुन पराजुलीसँग कुरा गर्न भन्दै नम्बर टिपाए तर त्यो नम्बर गलत मान्छेको भएको पाइयो ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन– सबै संयन्त्र परिचालन गर्नुस्

प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन– सबै संयन्त्र परिचालन गर्नुस्

राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन...
९५ शव भेटियो, ७ सयभन्दा बढी सम्पर्कविहीन

९५ शव भेटियो, ७ सयभन्दा बढी सम्पर्कविहीन

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म ९५ जनाको शव फेला परेको छ ।
प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ

प्रधानमन्त्रीले भने– तपाईंहरु एक्लो हुनुहुन्न, सम्पूर्ण जिम्मेवारी सरकारले लिन्छ

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित नागरिकहरुको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...