नेभिगेशन
समाज

ठेक्का सम्झौता भएको डेढ दशक बितिसक्दा पनि बन्न नसकेको कमला पुल (तस्विरहरु)

सिरहा । ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नभएका आयोजनाहरु सिरहा र सप्तरी क्षेत्रमा धेरै छन् । जसले स्थानीय जनतालाई निरन्तर सास्ती दिइरहेका छन्। तीमध्ये सबैभन्दा चर्चित र लामो समयदेखि अलपत्र परेको आयोजना कमला नदीमा निर्माणाधीन पुल हो, जुन सिरहा र धनुषाको सीमामा पर्छ। हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुलको निर्माण सुरु भएको झण्डै डेढ दशक बितिसकेको छ।

Kamala-pul_Sidhakura-1-1774078256.jpg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब ४६९ मिटर लामो यो पुल निर्माणका लागि २०६८ सालमै ठेक्का सम्झौता भएको थियो, जसअनुसार साढे तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने थियो। तर, तोकिएको समयमा काम नसकिँदा पटक–पटक म्याद थपियो । त्यसपछि पनि प्रगति नदेखिएपछि ठेक्का व्यवस्थापनमा परिवर्तन गरिएको थियो। निर्माण अन्तिम चरणमा पुगेको भनिएको अवस्थामा आएको सामान्य बाढीले पुलका केही भागमा क्षति पुर्‍यायो। त्यसयता चार वर्षभन्दा बढी समय बितिसक्दा पनि पुलको अवस्था उस्तै छ। पुनर्निर्माणका लागि पटक–पटक म्याद थपिए पनि अन्तिम समयसीमा समेत गुज्रिसकेको छ। पछिल्लो समय फेरि काम सुरु भएको भनिए पनि यसको निश्चित टुंगो देखिएको छैन।

Everest cinsult

Kamala-pul_Sidhakura-3-1774078254.jpg

यता, ठेकेदारले अधिकांश भुक्तानी लिइसकेको अवस्था छ। पुलको डिजाइनमै कमजोरी रहेको र निर्माण प्रक्रियामा अनियमितता भएको आरोप पनि उठ्दै आएको छ। यसबारे सम्बन्धित निकायबाट अनुसन्धानसमेत भइरहेको बताइन्छ। पुल निर्माणमा भएको ढिलाइले स्थानीय बासिन्दाले ठूलो समस्या भोग्दै आएका छन्। बर्खायाममा डुंगाको सहारामा नदी पार गर्नुपर्ने र सुख्खायाममा अस्थायी संरचनाबाट आवतजावत गर्नुपर्ने बाध्यता छ। हाल बनाइएको अस्थायी डाइभर्सन पनि बाढी आएपछि बग्ने जोखिममा रहेको स्थानीयको भनाइ छ।

Kamala-pul_Sidhakura-2-1774078254.jpg

पुल नहुँदा छोटो दूरीमा पुग्न समेत धेरै लामो बाटो घुम्नुपर्ने अवस्था छ। जहाँ सामान्य अवस्थामा आधा घण्टाको यात्रा हुनुपर्ने हो, त्यहाँ अहिले डेढ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। वर्षौंदेखि विभिन्न स्तरबाट निरीक्षण, अनुगमन र आश्वासन दिइए पनि कामले गति लिन सकेको छैन। प्रत्येक पटक ुअब छिट्टै निर्माण हुन्छु भन्ने प्रतिबद्धता दोहोरिए पनि व्यवहारमा परिवर्तन नदेखिएको स्थानीयको गुनासो छ।

Kamala-pul_Sidhakura-7-1774078251.jpg

चुनावका बेला यो पुल प्रमुख एजेन्डा बन्ने गरेको छ। अघिल्ला चुनावहरूमा पनि यसलाई प्राथमिकतामा राख्ने वाचा गरिएको थियो। यसपटक पनि त्यही प्रतिबद्धता दोहोरिएको छ। तर, पटक–पटक आश्वासन मात्र पाएपछि स्थानीयमा विश्वास घट्दै गएको छ। स्थानीयवासीका अनुसार यो समस्या समाधानका लागि गम्भीर पहल आवश्यक छ। कतिपयले पुरानो डिजाइनले काम नगर्ने भन्दै नयाँ संरचना निर्माण गर्नुपर्ने मागसमेत राखेका छन्। उनीहरूको भनाइ अनुसार, अधुरो राखेर बारम्बार राजनीतिक मुद्दा बनाउनु भन्दा दिगो समाधानतर्फ अघि बढ्न जरुरी रहेको बताउँछन् ।

Kamala-pul_Sidhakura-6-1774078251.jpg

Kamala-pul_Sidhakura-5-1774078251.jpg

Kamala-pul_Sidhakura-4-1774078251.jpg

Kamala-pul_Sidhakura-13-1774078250.jpg

Kamala-pul_Sidhakura-12-1774078250.jpg

Kamala-pul_Sidhakura-11-1774078250.jpg

Kamala-pul_Sidhakura-10-1774078250.jpg

Kamala-pul_Sidhakura-9-1774078250.jpg

Kamala-pul_Sidhakura-8-1774078250.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो बन्यो जेनजी आन्दोलनमा आगजनी भएको कांग्रेस बैठक हल(तस्बिहरु)

यस्तो बन्यो जेनजी आन्दोलनमा आगजनी भएको कांग्रेस बैठक हल(तस्बिहरु)

जुन हल जेनजी आन्दोलनका क्रममा पार्टीको केन्द्रीय कार्यालयमा आगजनीका कारण क्षतिभएको थियो ।
यसरी हुँदैछ, सेतो मच्छिन्द्रनाथको रथ तयार(तस्बिरहरु)

यसरी हुँदैछ, सेतो मच्छिन्द्रनाथको रथ तयार(तस्बिरहरु)

काठमाडौं उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार सेतो मछिन्द्रनाथको रथयात्रा गर्ने गरिन्छ । यस पटकको सेतो मच्छिन्द्रनाथको जात्रा चैत १२ गते परेकाले तृतीयाका दिन...
नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा (तस्बिरहरु)

नवनिर्वाचित सांसदहरूको शपथग्रहणका लागि अस्थायी हल निर्माण अन्तिम चरणमा (तस्बिरहरु)

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार चैत्र १२ गते शपथग्रहण कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ। सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवन अझै पूर्ण रूपमा तयार नभएकाले...
अभिमुखीकरणका लागि कार्यक्रम स्थल पुगे रास्वपा सांसद्हरु

अभिमुखीकरणका लागि कार्यक्रम स्थल पुगे रास्वपा सांसद्हरु

अभिमुखीकरण प्रदान कार्यक्रमले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप र दृष्टिकोण प्रदान गर्दै, जनताको अपेक्षालाई नीतिगत उपलब्धिमा रूपान्तरण गर्न सहयोग पुर्‍याउने विश्वास रास्वपाले...