नेभिगेशन
सेयर

नेप्से परिसूचकमा १४ अङ्कको वृद्धि

काठमाडौँ । यो साताको कारोबारको अन्तिम दिन बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।

बिहीवार नेप्से परिसूचक १४ दशमलव २१ अङ्कले बढेर दुई हजार ९५० दशमलव १६ को विन्दुमा कायम भएको हो । बिहीवार ३४३ कम्पनीको तीन करोड चार लाख ३८ हजार ३१५ कित्ता शेयर एक लाख ४२ हजार ७३४ पटक खरिदबिक्री हुँदा रु १३ अर्ब १६ करोड २२ लाख ९९ हजार १७ दशमलव ४८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको कारोबारमा विकास बैंक शून्य दशमलव शून्य पाँच, जीवन बिमा शून्य दशमलव शून्य चार र व्यापार समूह दुई दशमलव ८४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

Marvel
Extreme Energy

बैंकिङ शून्य दशमलव ३७, वित्त शून्य दशमलव १७, होटल तथा पर्यटन एक दशमलव ५६, जलविद्युत् एक दशमलव ५६, लगानी शून्य दशमलव ५१, उत्पादन तथा प्रशोधन एक दशमलव ५०, लघुवित्त शून्य दशमलव २०, निर्जीवन बिमा शून्य दशमलव ४३ र अन्य समूह शून्य दशमलव ६५ प्रतिशतले बढेका छन् ।

बिहीवार रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड र होटल फरेन्ट इन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सात दशमलव ४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ९४ करोड २९ लाख ८० हजार ४६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको १४ लाख ८३ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सेयर
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो।
नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ...
२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

२१ दशमलव ३२ अङ्कले बढ्यो नेप्से परिसूचक

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक  चार दशमलव ७९ अङ्कले बढेर ४७४ दशमलव ९६ मा पुगेको छ । फ्लोट सूचक एक दशमलव ६१ अङ्कले बढेर १८१ दशमलव...
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३१ अङ्कले बढेर दुई हजार ५७४ दशमलव ६५ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य...