नेभिगेशन
समाज

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित चौध जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बझाङको जयपृथ्वी नगरपालिका–९ चिउरीखानबाट लागुऔषध खैरो हेरोइनसहित दुई जना, रूपन्देहीको कञ्चन गाउँपालिका–५ गरगरेस्थित देउराली टोलबाट दुई जना र कैलालीको धनगढी उपमहानगरपालिका–९ ब्राङ्ग्रा कटानबाट एक जनालाई पक्राउ गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसैगरी, मोरङको कानेपोखरी गाउँपालिका–६ बाट तीन जना, कञ्चनपुरको बेलौरी नगरपालिका–६ बाट दुई जना, झापाको भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट दुई जना, नवलपरासीपूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबास बजारबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने स्पास्मो ८८ ट्याब्लेट र नगद रु आठ हजार ५०० सहित दुई जनालाई पक्राउ गरिएको छ ।

Marvel
Extreme Energy

त्यसैगरी, बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरिया गाउँबाट एक थान डिजिटल तराजुसहित एक जनालाई गएराति प्रहरीले पक्राउ गरिएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी पुष्पराज रोकायका अनुसार घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले आज बिहान १०ः३५ बजे दाउरा काट्ने बन्चरोले श्रीमती र तीन छोराछोरीको...
एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

एक क्वीन्टल बढी गाँजासहित कार बरामद, चालक फरार

आज राति करिब १ः४० बजे पालुङबाट भैंसेतर्फ आउँदै गरेको बा.अ. ४४३१ नम्बरको कारलाई नियमित चेकजाँचका क्रममा प्रहरीले ९ वटा पोकामा गाँजा फेला पारेको जनाएको छ ।
श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री नै पक्राउ,  केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा थिए मन्त्री

श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्री नै पक्राउ, केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा थिए मन्त्री

पक्राउ परेका दुवै पूर्वमन्त्रीले केपी शर्मा ओली र शेरबहादुर देउवा नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा काम गरेका थिए।
ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ

ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा २ पूर्वमन्त्री र ४ कर्मचारी पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विकास गनाभाट समेतको जाहेरीका आधारमा वादी नेपाल सरकार प्रतिवादी कैलाश खड्का समेत भएको ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको मुद्दामा...