नेभिगेशन
समाज

लागुऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट २८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीको कोशी नगरपालिका–८ भान्टाबारीबाट एक, झापाको भद्रपुर नगरपालिका–५ नरसिंह बगानबाट सात, कन्काई नगरपालिका–६ क्याम्पाबाट एक र धनुषाको मिथिला नगरपालिका–१० रातुपुलबाट तीन जनालाई पक्राउ गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसैगरी, धनुषाधाम नगरपालिका–९ धारापानीबाट एक, बाँकेको जानकी गाउँपालिका–५ बाट एक, नेपालगञ्ज उपमहानगरपालिका–१६ बाट तीन, कैलालीको टीकापुर नगरपालिका–९ बालुवाटारबाट दुई र लम्कीचुहा नगरपालिका–१ भुरुवाबाट एक जनालाई पक्राउ गरिएको छ ।

Ncell
Extreme Energy

त्यसैगरी, काठमाडौँका विभिन्न स्थानबाट चार, बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरबाट दुई र ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडाबाट दुई जनालाई पक्राउ गरिएको छ । केही अभियुक्तहरूबाट नगदसमेत बरामद भएको जनाइएको छ । उनीहरू बुधबार पक्राउ परेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

कटारीमा ११२२ किलो गाँजासहित तीन पक्राउ

घटनामा संलग्न रहेको आरोपमा ताप्ली गाउँपालिका–१ डाँडागाउँ निवासी ५५ वर्षीय रामबहादुर मगर,  सोही स्थानका २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले पक्राउ गरेको छ।