नेभिगेशन
सबै कुरा
बालकुमारी घटना :

बुबालाई भारतमा मजदुरी गर्नबाट रोक्न कोरिया जाने तयारीमा थिए बिरेन्द्र

१३ मंसिर, काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा परी अछाम चौरपाटी गाउँपालिका–१ का बिरेन्द्र शाहले ज्यान गुमाए ।

ईपीएस कोटामा कोरिया जान पुनः भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका सयौँ युवा र प्रहरीबीच भएको झडपमा परी बिरेन्द्रसंगै दैलेखका सुजन राउतको ज्यान गएको थियो । घटनामा केही युवाहरु घाइते भएका छन् । अछाम चौरपाटी एकका वडा अध्यक्ष विरबहादुर थापाका अनुसार बिरेन्द्रको मृत्युको खबरले परिवार भावविह्वल छ । 

Dish Home
Global Ime Bank

शुक्रबार मध्यान्न गाउँकै एक मानिसको मृत्युमा मलामी गएका बिरेन्द्रका बुबा टेक बहादुर शाहलाई बालकुमारी घटनामा छोरा मारिएको खबर पुगेको थियो । 

कमजोर आर्थिक अवस्थाका कारण भारतमा मजदुरी गर्ने टेकबहादुरले ऋण धन गरेर घरको कान्छो छोरा बिरेन्द्रलाई पढाएका थिए । 

आफ्नो जीवन भारतमै मजदुरीमा बितेको देखेपछि छोरा बिरेन्द्रले बाबुलाई परिवारको आर्थिक बोझ टार्न र परिवारलाई उकास्न कोरिया जाने योजना बनाएको बुबा टेकबहादुरलाई उदृत गर्दै वडा अध्यक्ष थापाले बताए । ‘छोराको मृत्युको खबरपछि बुबा टेक बहादुर, आमा दुर्गादेवी, दाजू र भाउजू भावविह्वल हुनुहुन्छ,’ वडा अध्यक्ष बीर बहादुर थापाले सिधाकुरासँग भने, ‘गरिबी र अभावले पिल्सिएको घरको उद्धार गर्छु भन्थ्यो, आफैँ अस्तायो भन्दै बुबा आमा छाती पिटेर बिलौना गरिरहेका छन् ।’ 

वडा अध्यक्ष थापाका अनुसार खासै खेतीपाती नहुने र पिउने पानीको समेत अभाव रहेको गाउँका अधिकांश मानिस आर्थिक रुपमा विपन्न छन् । कोदो, मकै जस्ता प्रमुख बालीबाट मात्रै खान नपुग्ने भएपछि बिरेन्द्रका बाबु पनि मजदुरीका लागि भारत छिरेका थिए । 

छोराले कोरिया जाने तयारी गरिरहेकोमा खुसी भएका बुबा बिरेन्द्र एक महिना अघि मात्रै गाउँ आएको थापाले बताए । गाउँमा सबैको प्यारो बिरेन्द्रको निधनले सिंगो गाउँ नै शोकमा डुबेको वडा अध्यक्ष थापाको भनाई छ ।

बाबुको निधनपछि घर धान्न इपीएसमार्फत कोरिया जान काठमाडौँ आएका थिए सुजन रावत

ललितपुरको बालकुमारीमा मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह र दैलेखका सुजन रावत

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

 आफू विरुद्धको असन्तुष्टिमा भारतलाई जोड्दै एमाले 

राष्ट्रिय सुरक्षा र व्यवस्थामाथि प्रहार गरिएको संवेदनशील विषयमा आफ्नो विरुद्धको असन्तुष्टी र आक्रोशलाई विषयान्तर गर्न कम्तिमा सत्तामा बसेकाहरु दुर्गा प्रसाईं बन्नु हुन्न । आन्तरिक राजनीतिको असन्तुष्टिमा आफ्नो सम्बन्ध...